रामेछापमा १४ महिनामा ७ हजार बढीले राष्ट्रिय परिचयपत्र बनाए

| मंसिर ३, २०७८ शुक्रबार

राष्ट्रिय परिचय पत्र बनाउनगत २०७७ साउन १ गते विवरण टिपाउदै । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का । परिचय पत्र बनाउन सुरुवाती चरण । तस्विर फाइल ।
A A A
A A A

३ मंसिर,रामेछाप । रामेछाप जिल्लामा हाल सम्म ७ हजार भन्दा बढीले राष्ट्रिय परिचय पत्र बनाएका छन् । जिल्लामा गत २०७७ साल साउन १ गतेदेखि राष्ट्रिय परिचय पत्र विवरण संकलनको काम सुरु भएको थियो ।

 

जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रबार रामेछाप टाइम्सलाई दिएको विवरण अनुसार ७७ साल साउन देखि असारसम्म ४ हजार ६ सय २४ र ०७८ साउन देखि कातिक महिनासम्म कूल ७ हजार एक सय ६९ जनाले राष्ट्रिय परिचय पत्र लिएको जानकारी दिएको छ । जसमा ४ हजार ५ सय ९० जना परुष र दुई हजार ५ सय ७९ जना महिला रहेका छन् ।

 

०७७ साल साउनमा कार्यक्रम संचालन भएदेखि सोही सालको भदौ महिना र ०७८ जेठमा भने निषेधाज्ञाको कारण काम रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी गीता गुरुङले रामेछाप टाइम्सलाई बताईन् । तत्कालिन अवस्थामा भने काम धमाधम भैरहेको गुरुङ्ले जानकारी दिइन् ।


राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पठाई, कार्ड तयार भएपछि जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित व्यक्तिलाई विवरण प्रदान गरिने गरेको छ । परिचयपत्र बनाउन नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपी, आमा र बुबाको नागरिकताको प्रतिलिपी उपलब्ध भएसम्म र नगारिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकाको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस पत्र माग गरेको छ ।

 

सो पत्र पाउनको लागि कम्तिमा १६ वर्ष उमेर पुरा भएको हुनु पर्ने र नेपाली नागरिकताको प्रमाण पत्र लिएको हुनु पर्ने प्रशासनले जनाएको छ । 


 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));