रामेछाप उद्योग वाणिज्य संघको पूर्वसन्ध्यामा मन्थली बजार सरसफाई (फोटोफिचर)

| मंसिर २५, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

२५ मंसिर, रामेछाप  । रामेछाप उद्योग वाणिज्य संघको १३ औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा मन्थली बजार सरसफाई गरिएको छ । रामेछाप उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको संयोजनमा आज शनिबार मन्थली स्थित मदन आश्रीत चोकदेखि सुरु भएको सरसफाई कार्यक्रम विपीचोक, देवकोटाचोक हुदै जिल्ला समन्वय समितिदेखि पुरानो कटरबोटसम्म सरसफाई गरिएको थियो । 


रामेछाप उद्योग वाणिज्य संघ,महिला उद्यमी विकास समितिको २०७८ मंसिर ४ गते शनिबार समितिका सभापति तारादेवी थापाको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णय अनुसार प्रत्येक महिनाको अन्तिम शनिबार मन्थली बजारका सबै टोलमा आलोपालो गरी सरसफाई अभियानलाई अगाडि बढाउदै ल्यैजाने कार्यक्रम रहेको समितिका सभापति थापाले वताइन् । 


सरसफाई कार्यक्रममा मन्थली नगरपालिका कार्यालय समेतको सहयोग रहेको थियो भने रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारी, सल्लाहकार तथा सदस्यहरु महिला उद्यमी विकास समितिका पदाधीकारी, रामेछाप महिला उद्यमी संघका पदाधिकारी सुनचाँदी व्यवसायी ,होटल व्यवसायी, हार्डवयर व्यवसायी खाद्यान्न व्यवसायी लत्ता कपडा व्यवसायी पत्रकार लगायतको उपस्थित रहेको थियो । 


कार्यक्रम समापनका रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरेले यो सरसफाई कार्यक्रम संघको पौष ३ गते हुने १३ औं वार्षिक साधारण सभालाई समेत मध्येनजर गरी आयोजना भएको बताए । उनले अबदेखि महिनाको अन्तिम शनिवार मन्थली बजारका सबै टोल टोलमा सरसफाई अभियान कार्यक्रमलाई निरन्तरता दिदै लैजाने विश्वास दिए ।

 

उनले बजारलाई सुन्दर र सफा बनाउने अभियानमा सहभागीभई आफ्नो टोल वरपर सरसफाई राख्न समेत अनुरोध गरे । 

तस्विर हेर्नुहोस्


 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));