अन्तराष्ट्रिय नारि दिवसः रामेछापमा सरसफाई, र्याली र जनचेतना मूलक अभियान

| फागुन २४, २०७८ मंगलबार

सदरमुकाम मन्थलीमा नारी दिवसको र्याली, तस्विर अनिता थापामगर ।
A A A
A A A

२४ फागुन, रामेछाप । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रामेछापमा जनचेतना मूलक कार्यक्रमको आयोजना गरि मनाइएको छ । जिल्लाका आठवटै स्थानीय तहहरुका महिला तथा बालबालिका शाखा एवं उपशाखाहरुले जनचेतना मूलक र्याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि दिवस मनाएका हुन् । 

 

र्यालीमा महिलाहरु अझै पनि विभिन्न बहानामाउत्पीडनमा रहेको भन्दै महिला अधिकारीकर्मी एवं निर्वाचित् जनप्रतिनिधि, उपाध्यक्षहरुले आवाज उठाएका छन् । उनीहरुले महिलाहरु २१ औं सताब्दीसम्म आइपुग्दा पनि संविधानले व्यवस्था गरेको अधिकार पाउनकै लागि लड्नु परेकोमा दुख ब्यक्त गरेका छन् । साथै महिलामाथि हुने सबैखाले हिंसा बिरुद्ध आजैदेखि जोकोहीले आवाज उठाउनू पर्ने निष्कर्श निकालेका छन् । 


स्थानीय तहका केन्द्र तथा वडाहरुमा महिला हिंसा बिरुद्ध जनचेतना मूलक सन्देश लेखिएका ब्यानर सहित र्याली निकालिएको थियो । भने कतिपए वडाहरुले बजार सरसफाई पनि गरेका छन् । कतिपए वडाहरुले औपचारिक कार्यक्रमको आयोजना गरि महिलाहरुलाई सचेतना फैलाउने काम गरेका छन् ।

 

सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले मंगलबार आज बिहान दिवसको अवसरमा र्याली निकालेको थियो । साथै भोली बुधबार एकअन्तरक्रिया कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
सुनापति गाउँपालिकाका सबै वडाहरुमा सरसफाई, र्याली सम्पन्न भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं सूचना अधिकारी कमलराज श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए। 

 

त्यस्तै रामेछाप नगरपालिकामा सबै वडाहरुमा र्याली सहित अन्तरक्रिया सम्पन्न भएको छ । भने उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी, खाँडादेवी,दोरम्बा शैलुङ् गाउँपालिकाका सबै वडाहरुमा र्याली अन्तरक्रिया आयोजना गरि मनाएका छन् । साथै साझ दीप प्रज्वलन समेत गरेका छन्। 
 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));