सुनापतिमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको ‘तेस्रो अध्यक्ष कप भलिबल र ब्याड्मिन्टन’ प्रतियोगिता सुरु

| चैत ५, २०७८ शनिबार

A A A
A A A

५ चैत, रामेछाप । ‘तेस्रो अध्यक्ष कप’ जिल्ला स्तरिय अन्तरपालिका भलिबल र ब्याड्मेन्टन् प्रतियोगिता रामेछापको सुनापति, हिलेदेवीमा आज शनिबार देखि सुरु भएको छ । प्रतियोगिताको आज बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उत्घाटन गरेकी हुन् । 

 

तीन दिनसम्म चल्ने उक्त प्रतियोगिता जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको आयोजक सुनापति गाउँपालिकाको खेलकुद विकास समितिले जनाएको छ ।

 

जिल्लाका आठवटै  स्थानीय तहबाट एक–एक टिम सहभागी भलिबल खेलमा ८ टिमको सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।  उनका अनुसार ब्याड्मेन्टनमा महिला र पुरुष दुवै टिमको सहभागिता रहेको छ । जसमा महिलाको ६ टिम र पुरुषको १४ टिम रहेका छन् । 

 

आज पहिलो दिन भलिबल तर्फ दुई खेल भए भने ब्याड्मिन्टनमा एक–एक खेल भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख ट्रफि, मेडल र प्रमाणपत्र हाँसिल गर्ने छन्।

 

त्यस्तै दोस्रो हुनेले नगद १ लाख, तेस्रो हुनेले नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन्। 

 

त्यस्तै सान्त्वना हुनेले नगद २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक पालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए ।

 

त्यस्तै भलिबलमा ब्यक्तिगत विधातर्फ उत्कृष्ठ खेल खेल्ने खेलाडीलाई नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्रले सम्मान गरिने उनले बताए । 

 

त्यस्तै उत्कृष्ठ स्पाईकर, सेटर, ब्लकर, सभर र प्रशिक्षकलाई समेन जनही ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रले सम्मान गरिने घिमिरेले बताए ।

 

साथै भलिबलतर्फ रेफ्रिबाट प्येआफ द्म्याच समेत घोषित हने छ । खेलमा सहभागी हने सबै टिमलाई दैनिक भत्ताको समेत व्यवस्था गरिएको पालिकाका अध्यक्ष धावा लामाले जानकारी दिए । साथै खेल खेलदा कुनै चोट पटक लागेमा आयोजकले उपचार गर्ने छ । सबै खेलाडीहरुको बिमा समेत गरिने भनिएको छ । 

 

त्यस्तै ब्याडमेन्टनतर्फ पुरुष र महिलाले समान पुरस्कार प्राप्त गर्ने छन् । जसअनुसार प्रथम हुनेले नगद १५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् भने द्वितिय हनेले १० हजार ट्रफि, मेडल प्रमाणपत्र हाँसिल गर्ने छन् । 

 

तृतीय हुनेले नगद ५ हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । साथै सान्त्वना हुने टिमले नगद २५ सय रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । 

 

सर्वोत्कृष्ठ खेलाडीले नगद एक हजार र ट्रफि, मेडलर प्रमाणपत्र पाउने छन् । 

मिलन घिमिरे
| चैत १०, २०७८ बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));