प्रथम बागमती कप महिला भलिबलमा रामेछाप ‘दोस्रो’

| चैत १०, २०७८ बिहिबार

तस्विर ईशवर कार्की ।
A A A
A A A

१० चैत, रामेछाप । प्रथम बागमती प्रदेश स्तरिय महिला भलिबलमा रामेछाप ‘दोस्रो’ भएको छ ।

 

चितवनमा सम्पन्न भएको खेलमा चितवनसंग अन्तिममा ३-० को सोझो सेटमा पराजित् हुदै रामेछाप दोस्रो बनेको हो । रामेछापलाई हराउदै चितवन प्रथम भएको हो ।


१० खेलाडीको टोली सहभागी भलिबलमा दोस्रो बन्दै व्यक्तिगत रुपमा नगद ३ हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रले खेलाडीहरु सम्मानित् भएका छन् ।

 

खेलमा सहभागीहरुलाई प्रोत्सान स्वरुप व्यक्तिगत पुरस्कार प्रदान गरिएको थियो । जसअनुसार रामेछापले नगद ३० हजार रुपैयाँ हात पारेको छ । 

 

प्रदेशका १३ वटा जिल्ला सहभागी रहेको प्रतियोगितामा रामेछापले दोस्रो स्थान हाँसिल गर्न सफल भएको हो । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));