म्यादी प्रहरीः रामेछापमा माग भन्दा दोब्बर बढी आवेदन दर्ता

| चैत ११, २०७८ शुक्रबार

A A A
A A A

११ चैत, रामेछाप । आसन्न स्थानीय निर्वाचनको लागि खटिने सुरक्षाकर्मी अर्थात् ‘म्यादी प्रहरी’ को लागि रामेछापमा १६ सय जना भन्दा बढीले आवेदन दिएका छन् । 

 

गत चैत ६ गतेदेखि आज शुक्रबार साँझ ५ बजेसम्म आवेदन दिनेसमय तोकिएकोमा जिल्ला प्रहरी कार्यालय रामेछापमा कूल १६ सय ७५ जनाको आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार महिला तीन सय ६९ र पुरुष एक हजार तीन सय ६ जना गरि कूल १६ सय ७५ जनाले आवेदन दर्ता गरेका हुन् । 

 

जिल्लामा कूल सात सय ८४ जना म्यादी प्रहरीको माग छ । तर, आवेदन भने दोब्बर भन्दा बढी परेको हो । यसरी दर्ता भएको र मागको आवेदनलाई तुलना गर्दा कूल आठ सय ९१ जना माग भन्दा बढी आवेदन परेको सूचना अधिकारी श्रेष्ठले रामेछाप टाइम्सलाई बताए । 

 

उनका अनुसार आउदो आइतबार जिल्ला प्रहरी कार्यालयमा नाम प्रकाशन हुने र म्यादी प्रहरी भर्नाको लागि औपचारिक रुपमा प्रक्रिया  अगाडि बढ्ने । 

 

सरकारले आउदो वैशाख ३० गतेको स्थानीय तहको लागि देशभरी एक लाख जना म्यादी प्रहरी माग गरेको छ। 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));