उमाकुण्डमा खुल्ला वडा स्तरिय भलिबलः बाम्ति पहिलो, गुम्देल दोस्रो

| चैत १४, २०७८ सोमबार

A A A
A A A

१४ चैत, रामेछाप । उमाकुण्डमा खुल्ला वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधि बाम्तीले जितेको छ ।

 

गाउँपालिकाको केन्द्र समेत रहेको वडा नं ५ प्रितीले आयोजना गरेको खुल्ला वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधि वडा नं १ गुम्देललाई हराउदै वडा नं २ बाम्तीभण्डारले जितेको हो ।

 


प्रतियोगिता जितेसंगै बाम्तिले प्रथम पुरस्कार नगद ५० हजारसहित शिल्ड, मेड र प्रमाणपत्र हात परेको गुम्देलका खेलाडी शोनी शेर्पाले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

७ टिम सहभागी प्रतियोगितामा दोस्रो हुदै गुम्देलले नगद ३५ हजार शिल्ड, मेड र प्रमाणपत्र पाएको छ ।

 

त्यस्तै वडा नं ३ कुँबुँकास्थलीले तेस्रो बन्दै नगद २० हजारसहित शिल्ड, मेड र प्रमाणपत्र प्राप्त गरेको छ ।

 

सान्त्वना भन्दै आयोजक वडाको विद्यालयको टिम चण्डेश्वरी मावि बनेको छ । 

मिलन घिमिरे
| चैत १०, २०७८ बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));