बाम्तिभण्डारमा नयाँ वर्षको उपलक्ष्यमा फुटबल, महिला-पुरुष म्याराथुन र दौड प्रतियोगिता हुदै

| चैत २२, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२२ चैत, रामेछाप । रामेछापको बाम्तिभण्डारमा नयाँ वर्षको उपलक्ष्यमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । उमाकुण्ड गाउँपालिका वडा २ बाम्तिभण्डार, कार्यलयको आर्थिक सहयोगमा सिर्जनशिल स्टार युवा क्लब बाम्तीभण्डारले चैत्र २९ गतेदेखि २०७९ बैशाख ३ गते सम्म प्रतियोगिता आयोजना गरेको त्यहाँस्थित रामेछाप टाइम्सकर्मी जिवन घतानेले जानकारी गराए । 

 

कल्बले खेल खेल्न ईच्छुक टिमलाई सहभागिताको लागि सूचना समेत प्रकाशन गरिरहेको जनाएको छ । 

 

खेलमा सहभागिता जनाउनको लागि विभिन्न नियम जारी गर्दै कल्बले ती नियमभित्र बस्ने टिमलाई दर्ता गर्न भनिएको छ । एक टिममा टिम व्यबस्थापक र टिम प्रशिक्षक सहित १५ जना हुनुपर्ने भनिएको छ  । जसमा खेल खेल्ने खेलाडि ११ जना र बैकल्पीक खेलाडि ४ जना हुनुपर्ने छ । 

 

खेल लिगकम नकआउटका आधारमा (फिफाको नियम) अनुसार खेलाईने कल्बले जानएको छ । आयोजकका अनुसार आउँदो २८ गते अपरान्ह ४ बजे सम्म टिम दर्ता गराउन सकिन भनिएको छ । 

 

खेलमा प्रथम हुनेले नगद रु ७१ हजार एक ७१ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 

त्यस्तै दोस्रो हुने टिमले नगद रु ५१ हजार एक ५१ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । 

 

तेस्रो हुने टिमले नगद रु ३१ हजार एक ३१ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने सान्त्वनाले नगद २१ हजार एक सय २१ रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको हो । 

 

त्यस्तै सोही प्रतियोगितामा महिला-पुरुष म्याराथुन समेत खेलाईने छ । जसमा महिला १५ सय मिटर मिनि म्याराथुन र पुरुष ५ किलो मिटर म्याराथुन हुने छ । 

 

त्यस्तै महिला र पुरुष दुईको एक सय मिटर दौड् पनि रहेको छ । सबै खेलमा पुरस्कारको व्यवस्था रहेको छ । 

सूचना हेर्नुहोस्

मिलन घिमिरे
| चैत १०, २०७८ बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));