बालबालिकाहरु संगठनले भने–बालबालिकाहरूको मुद्दा बढी उठाइदिनुस्

| जेठ २९, २०७९ आइतबार

A A A
A A A

२९ जेठ, काठमाडौं । बाल श्रम न्यूनीकरणका बिषयमा संचारमाध्यमका प्रतिनिधिहरू सँग छलफल कार्यक्रम गरिएको छ। जेठ २७ गते शुक्रबार राजधानी काठमाडौंको अल्फाविटा हाउस बानेश्वरमा सो छलफल गरिएको हो। यहि जुन १२ तारिखमा मनाईने बालश्रम बिरूद्दको दिवसको पूर्वसन्ध्यामा कार्यक्रममको आयोजना गरिएको हो। 

 

सिविस नेपाल नामक संस्थाले आयोजना गरेको छलफलमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका पाँच वटा सामुदायिक विद्यालयका बाल क्लब तथा बाल संगठनका प्रतिनिधि विद्यार्थीहरूको सहभागीता रहेको थियो। 

 

त्यस अवसरमा बालबालिकाहरूले संचार माध्यमलाई बढि मात्रामा बालबालिकाहरूको मुद्दा उठाउन आग्रह गरेका थिए। उनीहरूले नेपालको संविधानले ब्यबस्था गरे बमोजिमको बालबालिकाहरूले पाउने हक अधिकार पूर्ण रूपमा स्थापित गराउन पत्रकारहरूले मिडिया बाट खबरदारी गरिरहनुपर्ने बताए । 

 

त्यसैगरी पत्रकारहरूले राजनीति स्वतन्त्रता ,मानअधिकार र बालअधिकारको पक्षमा नेपालका पत्रकारहरू सधै लागिरहने बताए । छलफलमा राजधानीमा रहेका पत्रपत्रिका,टेलिभिजन ,रेडियो र अनलाइनका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

 

सिविस नेपालका परियोजना संयोजक उमंग मैनालीले सहजिकरण गरेको कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार माहासंघका केन्द्रीय माहासचिव रोशन पुरी रहेका थिए।

 

त्यस्तै सिविस नेपालका संस्थापक अध्यक्ष शान्ति अधिकारी ,कार्यकारी सल्लाहकार बिन्दु पोखरेल गौतमले आफ्नो धारणा राखेका थिए।

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));