१६ गते रामेछापको मन्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको आम भेलाः रवी लामेछानेले सम्बोधन गर्ने

| भदौ १३, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

१३ भदौ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो बिहिबार रामेछापमा पहिलो जिल्ला भेला तथा पार्टीको समिति विस्तार गर्ने भएको छ । 

 

देशका विभिन्न जिल्ला÷प्रदेशमा तिब्र गतिमा समिति गठन अगाडि बढाएको पार्टीले पार्टीका केन्द्रिय सभापति रवी लामेछाने सहित पार्टीका केन्द्रिय टिमको उपस्थितिमा जिल्ला भेला गर्न लागेको पार्टीका समर्थित युवा रामेछापले जनाएको छ । 

 


पार्टी समर्थित युवाको समूहले प्रचारप्रसार पनि तिब्र पारेको छ । उनीहरुले समितिमा बस्न चाहाने वा पार्टीमा जोडिन चहानेहरु कार्यक्रममा उपस्थित हुन सार्वजनिक आह्वन समेत गरेका छन् ।

 

 

१६ गते सदरमुकाम मन्थली स्थित तामाकोशी अस्पताल नजिकै भुकम्प आवसिय हलमा कार्यक्रम गर्न लागेको आफूलाई रा.स्व.पा‍. समर्थक युवा भन्ने प्रकाश थापाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));