राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा राजु बुढाथोकी, सचिवमा दिपेश खत्री

| भदौ १६, २०७९ बिहिबार

A A A
A A A

१६ भदौ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) का रामेछापको सभापतिमा राजु बुढाथोकी चयन भएका छन् ।

आज बिहिबार भएको प्रथम भेला तथा समिति गठन कार्यक्रमले बुढाथोकीलाई सभापतिमा चयन गरेको प्रदेश सदस्यमा चयन भएका पार्टीका प्रदेश सदस्य रमेश रायमाझीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

उनका अनुसार जिल्लाका आठ वटा स्थानीय तहबाट कम्तीमा एक–एक जना पर्ने गरि समिति बनाइएको छ । पार्टीको नीति र सिद्धान्तलाई प्राथामिकता दिएर देशप्रेमी, भ्रष्टचारको बिरोधीहरु समितिमा परेको उनले बताए । 

 

त्यस्तै जिल्ला उपसभापतिमा दिपेश खत्री र सचिवमा समिक्षा श्रेष्ठलाई जिम्मेवारी दिएको प्रदेश सदस्य रायमाझीले जानकारी दिए । केन्द्रिय सभापति रवी लामिछानेसहितको उपस्थितिमा सामुदायिक हल मन्थलीमा भएको कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहबाट युवाहरुको उपस्थिति रहेको आयोजकले जानएको छ ।

 

आजको भेलाले गाउँपालिका र नगरपालिकाका अध्यक्षको जिम्मेवारी समेत टुङ्गो लगाइएको रायमाझीले बताए । उनका अनुसार जिल्ला सदस्य धमाधम थपिने क्रममा रहेकाले यकिन भैनसकेको बताए । 

 

त्यस्तै प्रदेश सभा सदस्यमा रायमाझी र प्रमिला कंडेल चयन भएका छन् । 
 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));