नेविसंघ रामेछापमा विवादः जिल्ला अध्यक्ष अधिकारीलाई बर्खास्त गर्न माग, सम्बोधन नभए संघको कुनै पदमा नरहने चेतावनी (विज्ञप्तिसहित)

तत्कान माग पूरा नभए नेविसंघमा नबस्ने चेतावनी

| भदौ २१, २०७९ मंगलबार

A A A
A A A

२१ भदौ, रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापमा विवाद् उत्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष सुशिल अधिकारीले संघको विधि विधानलाई लत्याउँदै अवैधानिक गतिविधि सञ्चालन गरेको भन्दै अधिकांश सदस्यहरुले आपत्ति जनाएपछि बिवाद चुलिएको छ । साथै जिल्ला अध्यक्ष गैर जिम्मेवार र अनैतिक भएको आरोप लगाउदै अध्यक्षलाई पदमुक्त गर्न माग गरेका छन् । यो विवाद गत वैशाखमै भएको र बिद्रोह भएपनि तत्कालिन समयमा स्थानीय निर्वाचन लगाएतले समस्या समाधानको लागि छलफल नभएको र अहिले यो विवाद बाहिर आएको नेविसंघका नेता युवराज सुवेदीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

जारी विज्ञप्तिमा ‘नीज व्यक्तिलाई हामी अध्यक्ष स्वीकार्न नसकिने भएकाले  यथाशिघ्र निजलाई आवश्यक कावाही गरी पदमुक्त गराई पाउ भनी काग्रेस जिल्ला कार्य समिति, नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समिति समक्ष अनुरोध गर्दछौं भनिएको छ । त्यस्तै ३० जनाले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा अन्यथा हामी सम्पूर्ण व्यक्तिहरु यस (नेविसंघ) जिल्ला कार्य समिति रामेछापको कुनै पनि पद र जिम्मेवारीमा नरहने समेत चेतावनी दिएको उल्लेख छ । 


अध्यक्ष अधिकारीले उपाध्यक्ष प्रभाकर ढुङ्गेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको तर विभिन्न व्यक्तिहरुको दबाब र धम्कीले गर्दा उक्त निर्णय फिर्ता लिएको सदस्यहरुको आरोप छ । ३० जना जिल्ला कार्यसमिति सदस्यले हस्ताक्षर गरेको ध्यानाकर्षणसहितको विज्ञप्तिमा अध्यक्ष अधिकारीले ‘लेटर प्याड र छापको दरुपयोगको लाञ्छना लगाई व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले प्रेश विज्ञप्ति निकालेको प्रति हाम्रो गम्भिर आपत्ति रहेको छ, जारी विज्ञप्तिमा उल्लेख छ । 


त्यस्तै अध्यक्ष ‘अधिकारी स्वयम् अवैधानिक गतिविधिमा संलग्न रहेको, १४ औं महाधिवेशनमा प्रेदशको महाधिवेशनमा पराजित भएर स्वतः पद रिक्त भइ सक्दा पनि संस्था प्रतिको विधि, विधान पालना नगरी आफ्नो जिम्मेवारी समेत पूरा नगरेको, कुनै पनि शैक्षिक आन्दोलनमा विद्यार्थी भातृ संस्थाले गर्नुपर्ने कर्तव्य पूरा नगरेको, अध्यक्षले जिल्लामा गर्नुपर्ने कुनै पनि कार्य नगरी काठमाण्डौमा नै बसी गरेको, माउपार्टीका सभापति पूर्णवहादुर तामाङ् ‘कान्छाराम’ तामाङको फोन समेत ‘रेस्पोन्स’ नगरेको, संघभित्र छलफल नगर्ने, बैठक नराखी सह-सचिव विमल पौडेललाई उपाध्यक्ष बनाएको, क्षेत्रको पदाधिकारी प्रज्वल बुढाथोकीलाई जिल्ला सचिव बनाइएको तर उक्त कुरा कनै पनि बैठकमा अनुमोदनका लागि निर्णय नभएको, अध्यक्षले एकलौटी र मनोमानी गतिविधि गरेको’ जारी विज्ञप्तिमा आरोप लगाइएको छ । 

 

यसैबिषयमा जिल्ला अध्यक्ष अधिकारीलाई हामीले सम्पर्क गर्दा फोन अफ बतायो । 

विज्ञप्ति हेर्नुहोस्


 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));