माओवादी केन्द्र रामेछापले संघमा ११ जनाको नाम सिफारिस गर्यो (नामावली)

२१ भदौ, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र रामेछापले संघीय सांसद्को प्रत्यक्ष तर्फ उम्मेद्वारको लागि ६ जनाको नाम सिफारिस गरेको छ । पार्टीले कूल ११ जनाको नाम सिफारिस गरेको जनाएको छ ।
सदरमुकाम मन्थलीमा दुई दिन बसेको जिल्ला कमिटी बैठकले कमान सिङ् मोक्तान, डिल्लीमान तामाङ, बिक्रम राना मगर, युवराज चौलगाई, लक्ष्मी गुरुङ र श्याम कुमार श्रेष्ठको नाम सिफासिर गरेको जिल्ला कमिटी सदस्य दीपक राज प्रसाईले जानकारी दिए । जसमा मोक्तान निवर्तमान गाउँपालिका अध्यक्ष हुन् ।
तामाङ संविधानसभा सदस्य हुन् । त्यस्तै चौलगाई पार्टीको पोलिट्ब्यूरो सदस्य एवं विदेश विभाग प्रमुख हुन् । गुरुङ् पार्टीको केन्द्रिय कमिटी सदस्य,संविधानसभा सदस्य, पुरानी र सक्रिय नेतृ हुन् ।
त्यस्तै श्रेष्ठ हाल पनि सांसद् हुन् । उनी जिल्ला ईन्चार्ज एवं पूर्व गृहराज्य मन्त्री हुन् ।
त्यसै समानुपातिक तर्फ उद्दब रम्तेल, नरेशबाबु श्रेष्ठ, श्वयाम नारायण श्रेष्ठ, सुनिता गौतम र श्रीबहादुर माझीको नाम सिफासिर गरिएको पार्टी जिल्ला अध्यक्ष मैनकुमार मोक्तानले बताए ।
प्रदेशमा सिफारिस भएका उम्मेद्वरको नामावली हेर्नुहोस् ।