चाहे गठबन्धनका उम्मेदवार हुन् वा कांग्रेसका जसरी पनि जिताउन एक भएर लाग्नुस् - सचिव खड्का

२२ भदौ, रामेछाप । नेपाली कांग्रेस रामेछापका पार्टी सचिव दीपक खड्काले एक ढिक्का भएर निर्वाचनमा लाग्न पार्टी नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले भने `चाहे गठधबन्धन् हाेस् यहाँ नहाेस्, कांग्रेसका उम्मेदवार हुन्, यहाँ अरुपार्टीका तर, पार्टीले भनेकाे निर्देशन पालना गर्नुस् । चुनाव जिताउनुस् ।´
`जनताको साथमा कांग्रेसका राष्ट्रिय अभियान´ कार्यक्रमलाई सम्बाेधन् गर्दै बुधबार उमाकुण्ड गाउँपालिकाकाे केन्द्र प्रितीमा सचिव खड्काले कुनै पनि हालतमा पार्टीका उम्मेद्वार जिताउन लागि पर्न आग्रह गरे । उनले तत्कालीन समयमा निर्वाचनमा जित्नुकाे विकल्प नरहेकाे भन्दै सचिव खड्काले एक ढिक्का भएर निर्वाचनमा जुट्न निर्देशन दिए ।
पार्टी भित्रका गुट्उपगुट् त्यागेर पार्टीलाई तल्लो तहदेखि नै बलियो बनाउनु पर्ने बेला आएकाले अब एक भएर अगाडि बढ्न आग्रह गरे ।
पार्टीको पालिका सभापति पद रिक्त रहेकाे विषयमा बाेल्दै चाँडैनै रिक्त रहका सबं पदपूर्ति गरिने जानकारी दिए । पालिका सभापति गत स्थानीय तह निर्वाचनमा (राप्रपा) गएपछि त्यहा रिक्त छ । साथै अन्य पालिका र वडा सभापतिहरु पनि रिक्त रहेकाले एकै पटकमा सभापति चयन गर्ने कांग्रेस रामेछापको तयारी रहकाे पार्टी निकट् स्राेतले जनाएको छ ।