तामाकोशी नदी तटीय क्षेत्रमा बढीको उच्च सम्भावनाः सावधानी अपनाउन आग्रह

| भदौ ३१, २०७९ शुक्रबार

तामाकोशी नदी ।
A A A
A A A

३१ भदौ, रामेछाप । बाँध सफा गर्न लागेकाले बढी आउन सक्ने भन्दै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरेको छ । 

 

आज शुक्रवार एक सूचना जारी गर्दै ४५६ मेगावाट क्षमताको  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले भोलि शनिवार बिहान ४ बजेदेखि राति १२ बजेसम्म नदी आसपास भएर गरिने काम गर्दा सचेतना अपनाउन आग्रह गरेको हो । 

 

आयोजनाको वार्षिक कार्यक्रम अनुसार शनिवार आयोजनाको जलाशय सफा गर्ने तयारी भएको हुँदा नदीमा पानीको मात्र बढ्न सक्ने दाबी गरिएको हो । 

 

जारी सूचनामा ‘तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत¸ गोंगर, जगती, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी ननिको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह बढ्ने÷घट्ने भइरहने हुनाले सो अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाव लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न’ भनिएको छ । 

 

साथै नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नु पर्दा अत्यन्त सतर्कता पूर्वक गर्न जारी सूचनामा भनिएको छ। 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));