रामेछाप जिल्ला सहकारी संघले तीन सहकारी अभियान्तालाई सम्मान गर्यो

| असोज १, २०७९ शनिबार

A A A
A A A

१ असोज, रामेछाप । रामेछाप जिल्ला सहकारी संघ लिमिटेडले आफ्ना सदस्य सहकारी र सहकारी अभियान्तालाई सम्मानित गरेको छ । 

आज शनिबार जिल्ला सदरमुकाम मन्थलीमा भएको संघको पाँचौँ वार्षिक साधारण सभाकाबीच संघले मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्द प्रसाद् घिमिरे, रामेछाप जिल्ला बचत तथा ऋण सकहारी संघ लिमिटेडका अध्यक्ष जगन्नाथ दाहाल र नव जागरण बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रमेशकुमार उदाशलाई प्रमाणपत्रले सम्मान गरेको हो । जसअनुसार जिल्ला बचत तथा ऋण सहकारीलाई संघमा आबद्द भएर क्रियाशिल बचत तथा ऋण सहकारी संस्थाको समग्र विकासको लागि महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरेको रामेछाप जिल्ला सहकारी संघका सचिव नवीन केसी (घिमिरे) ले बताए ।


 
त्यस्तै घिमिरेलाई सहकारी अभियानको लागि उन्नयन प्रवर्द्धन र सुदृढीकरणको लागि योगदान गरेको र उदाशले सहकारीको व्यवसायबाट आर्थिक  तथा सामाजिक उत्थानमा योगदान गरेको भन्दै सम्मानित गरेको केसीले जानकारी गराए।  


लामो समयदेखि निस्क्रिय जस्तै बनेको रामेछाप जिल्ला सहकारी संघ लिमिटेड पछिल्लो पटक बनेको हिमाल ढुङ्गेलको अध्यक्षमतामा रहेको कार्यसमितिले भने आशा लाग्दो सुरुवात गरेको साधारणसभामा दाबी गरिएको छ । लामो समयदेखि पत्रकारीतामा समेत आबद्ध ढुङ्गेलको नेतृत्वमा करिब ६ महिना अगाडि समिति गठन गरिएको थियो । 

 

गत वैशाखमा चालु आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम तय गरिएको जानकारी गराउदै अध्यक्ष ढुङ्गेलले पछिल्लो समयमा सहकारीहरु समस्यामा पार्न सरकार र राष्ट्र बैंकनै लागि परेको आरोप लगाए । उनले भने ‘सहकारी क्षेत्रमा दैनिक जसो निर्देशनहरु आउने गरेका छन् । यो अरुकुनै पनि संघ संस्थामा, क्षेत्रमा भएको छैन् । राष्ट्र बैंकनै लागेको हो ? कि सरकारले सहकारीहरुलाई आफ्ट्यारोमा पार्न खोजेको हो ? तर, सहकारी संस्थाहरुलाई धेरैनै समस्या हुने गरि नीति, निर्देशनहरु आउने गरेका छन् ।’ 

 

फरक प्रसंगमा अध्यक्ष ढुङ्गेलले आफूहरुसंग काम गर्नको लागि स्रोत नभएको भन्दै सबैसंग मिलेर काम गर्ने संघ तयार रहेको बताए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));