चावहिल पार्किङ्बाट हराएको मोटरसाइकल बेतालीमा भेटियोः प्रहरीले धनीलाई जिम्मा लगायो

| असोज ३, २०७९ सोमबार

फाइल फोटो ।
A A A
A A A

३ असोज, रामेछाप । २०७८ सालमा काठमाडौँ महानगरपालिकाबाट वडा नं ७ चाहविल पार्किङबाट हराएको मोटरसाइकल बेतालीमा भेटिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय रामेछापले गत साउन महिनादेखि निरन्तर सञ्चालन गरेको 'चोरीको मोटरसाइकल तथा प्रयोग गर्ने मानिस नियन्त्रणमा लिने' विशेष अभियान अन्तर्गत आज सोमवार पत्ता लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

बेबारिसे अवस्थामा भेटिएको मोटरसाइकलको धनी पत्ता लगाउन खोज्दै जाँदा काठमाडौँ महानगरपालिका वडा नं ७ बस्ने सञ्जय महर्जनको भएको पुष्टि भएको प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए ।

 

उनका अनुसार बागमती प्रदेश ०२–७५ प २९३५ नम्बरको  २२० मोटरसाइकल जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ४ बेतालीमा भेटिएको थियो ।

 

यसरी बेबारिसे अवस्थामा भेटिएको मोटरसाइकल धनी आवश्यक कागजात सहित सम्पर्कमा आएका काठमाडौँ महानगरपालिका वडा नं ७ चाहविल बस्ने सञ्जय महर्जनलाई  हस्तान्तरण गरेको सूचना अधिकारी ढकालले जानकारी दिए । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));