जिल्लामा पहिलो पटक विज्ञान प्रर्दशनीः विद्यार्थीले उडाए ‘नमूना रकेट’ (भिडियो सहित)

| असोज ४, २०७९ मंगलबार

A A A
A A A

४ असोज, रामेछाप । ‘मन्थली अन्तर मावि स्तरिय विज्ञान प्रर्दशनी प्रतियोगिता’मा करकला देवी बोर्डिङ् स्कूल (केब्स) प्रथम भएको छ । योसंगै जिल्लामै पहिलो पटक नमूना रकेट प्रक्षेपण सफल भएको छ ।

 

मन्थली नगरपालिकाको आयोजनामा सोमबार सातौं संविधान दिवसको अवसरमा आयोजित‘नगरपालिका स्तरीय मावि तहको विज्ञान प्रर्दशनी प्रतियोगितामा नीजि क्षेत्रको ‘केब्स’ले जिल्लामै पहिलो पटक ‘नमूना रकेट्’ प्रक्षेपण सफल गराएर प्रथम बनेको विद्यालयका प्रधानाध्यापक केशव प्रसाद तिम्लसिनाले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘जिल्लाको ईतिहासमा पहिलो पटक भएको यो कार्यक्रममा ‘केब्स’ स्कूल प्रथम भएको छ । हाम्रा विद्यार्थीले सफल रुपमा ‘नमूना रकेट’ उडाए, प्रक्षेपण गरे ।’

 

नगरभित्र संचालित २२ वटा माद्यामिक विद्यालय सहभागी प्रतियोगितामा ‘केब्स’ प्रथम, तामाकोशी बोर्डिङ् स्कूल मन्थली दोस्रो, लिटिल स्टार बोर्डिङ स्कूल मन्थली तेस्रो भएका छन् । उनीहरुले क्रमशः प्रथम हुनेले नगद १० हजार, ८ हजार र ६ हजार पुरस्कार प्राप्त गरेको मन्थली  नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले रामेछाप टाइम्सलाई बताए ।

 

त्यस्तै मन्थली बजारबाट बाहिर अर्थात गाउँको परिवेशबाट सहभागी बनेको भैरबी मावि सुनारपानीले सान्त्वना स्थान हाँसिल गरेको छ । उसले नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ । ‘यो पैसा विद्यार्थीहरुलेनै पाउने गरि सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको छ, पौडेलले भने ।’

 

मन्थली नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत संचालित उक्त विज्ञान प्रर्दशनिमा माद्यामिक तहको विज्ञान पाठयक्रमसंस सम्बन्धित रहेर विद्यार्थीहरुले बनाएका विज्ञान प्रयोगतात्मक सामाग्रीहरु प्रर्दशनी गरिएको थियो । उक्त प्रतियोगिताले विद्यालयमा विज्ञान विषयको सिकाईलाई प्रयोगात्मक बनाउन सहयोग पुग्ने विश्वस लिइएको छ ।

नागकन्या माद्यामिक विद्यालयमा प्रर्दशनी गरिएको उक्त प्रतियोगिता निकै उपलब्धि मूलक रहेको प्याब्सन रामेछापका जिल्ला अध्यक्ष समेत रहेका (प्रअ) तिमल्सिनाले बताए ।

 

विज्ञान प्रर्दशनी र प्रतिस्पर्धा गर्ने गरि जिल्लामै पहिलो पटक भएको दाबी गरिएको उक्त प्रतियोगिताले विद्यालयमा विज्ञान विषयको शैक्षिक अवस्था बारेमा जानकारी हुने, विद्यार्थीहरुबीच सिकाई आदानप्रदान गर्ने, सिक्ने अवसर पाउने, रुची जाग्ने वा प्रेरित हुने आयोजकको अपेक्षा छ । नमूनाको रुपमा विद्यार्थीले तयार पारेका प्रयोगात्कम सामाग्रीहरु निकै उत्कृष्ठ, प्रंशसा योग्य र आकर्षक देखिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले सुनाए।

जलविद्युत उत्पादन गृह अर्थात हाइड्रोपावर, नमूना रकेट्, निश्चित भूगोल, क्षेत्र, आधुनिक प्रविधिहरुलाई विद्यार्थीहरुले जस्ताको तस्तै तयार पारेका हुन् ।

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));