मन्थली बचतको वक्तित्वकलाः सेतिदेवी मा.वि सालुकी छात्रा  प्रथम, दोस्रो र तेस्रो मन्थली मावि

| असोज ४, २०७९ मंगलबार

A A A
A A A

४ असोज, रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाको बाल उपसमितिले सोमबार आफ्नो कार्यक्षेत्रका विद्यालयलाई सहभागी गराएर मावि स्तरीय वक्तित्वकला प्रतियोगीता गरेको छ । 

 

संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न “सहकारी अभियानमा मन्थली सहकारीको योगदान” विषयक वक्तित्वकला प्रतियोगीतामा सेतिदेवी मा.वि सालुकी छात्रा राधिका श्रेष्ठ प्रथम, मन्थली माविकी छात्रा अस्मिता कार्की द्वितिय र मन्थली माविकै छात्र शुशिल कार्की तृतिय भएका छन् ।

 

उनीहरुले क्रमशः ५ हजार, ३ हजार, २ हजार पुरस्कार पाएको संस्थाको युवा उपसमितिका संयोजक नविन केसीले जानकारी दिए । 

 

त्यस्तै रुद्राक्षेश्वर माविकी दिलकुमारी आछामीले सान्त्वना हुदै नगद १ हजार जितेकी छन् । कक्षा ११ र १२ मा अध्ययनरत मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका र लिखुतामाकोशी गाउँपालिकाका विभिन्न ८ वटा विद्यालयका छात्र तथा छात्राहरुले भाग लिएका थिए ।

 

साथै प्रतियोगीतामा सहभागी विद्यालयहरुलाई सहभागीताको प्रमाणपत्र समेत उपलब्ध गराइएको केसीले बताए । 
 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));