रामेछापमा म्यादीको लागि १३६६ जनाको आवेदन : ११३५ जना छनोट गरिने

| असोज ६, २०७९ बिहिबार

सांकेतिक तस्विर ।
A A A
A A A

६ असोज, रामेछाप । रामेछापमा म्यादी प्रहरीको लागि १३ सय बढीले आवेदन दिएका छन् । बिहिवार आवेदन बुझाउने अन्तिम दिन जिल्ला प्रहरी कार्यालयमा कूल १३ सय ६६ जनाको आवेदन परेको जिल्ला प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार ३८३ जना महिला र ९८३ पुरुष गरी कूल १३ सय ६६ जनाले आवेदन बुझाएका हुन् । जसमा आज बिहिवार मात्रै (जिप्रका) रामेछापलाई माथिबाट आएको निर्देशिकामा जिल्लामा कूल ११ सय ३५ जना छनोट गर्न भनिएको छ । 

 

गत स्थानीय निर्वाचनमा कूल ९२६ जना म्यादी नियुक्ति गरिएको रामेछापमा यो पटक २०९ जना थप गर्दै ११ सय ३५ जना नियुक्त गरिने सूचना अधिकारी ढकालले रामेछाप टाइम्सलाई बताए । उनले भने ‘पहिलेको भन्दा थप्न निर्देशन आएको छ ।

 

भोलिदेखि गठित उपसमितिले म्यादी छनोट प्रक्रिया सुरु हुन्छ।’  गत स्थानीय तहमा ९४ वटा मतदान केन्द्र तोकिएको  जिल्लामा मंसिर ४ मा हुने चुनावमा थप ४ वटा मतदान केन्द्र थपिएसंगै म्यादीको संख्या पनि बढ्ने भएको हो । 

 

गत स्थानीय तहको निर्वाचनमा म्यादीमा माग भन्दा झण्डै दोब्बरले आवेदन दिएका थिए । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));