‘दोस्रो रामेछाप कप फुटबल प्रतियोगिता’ भोलि देखि सुरु

| असोज ९, २०७९ आइतबार

A A A
A A A

९ असोज, रामेछाप । ‘दोस्रो रामेछाप कप २०७९ खुल्ला पुरुष फुटबल प्रतियोगिता’ भोलि सोमबार देखि सुरु हुने भएको छ । खेलको सबै तयारी पूरा भएको आयोजकले भनेको छ । 

 

जिल्ला सदरमुकाममा हुने खेलको तयारी पूरा भएको आयोजक दीपशिखा ब्याइज् युनाइटेड्ले पत्रकार सम्मेलन गरी जनाएको छ । आइतबार १० गते घटस्थापनादेखि सुरु हुने खेल आउँदो १५ गते षष्ठी सम्म हुने छ ।

 

विगत केही वर्षदेखि बडा दशै, शुभ दीपावली लगायतका चाडपर्वको अवसर पारी आयोजना हुँदै आएको प्रतियोगितामा यो पटक १५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । जस अनुसार आयोजक दीपशिखा ब्वाइज युनाइटेड क्लब, लिखु भुजी रामेछाप युवा क्लब, चरिकोट सिटी, नयाँ गोरख गण (आर्मी) मन्थली ब्वाइज, न्युस्टार युवा क्लब, फुटबल क्लब भुजी, प्याराडाईज यूथ क्लब, सांस्कृतिक युवा समाज, शान्तिदीप युवा क्लब, नेपाल प्रहरी, सानिमदौ सोसियल सिटी, राइजिङ स्टार खिम्ती, रिभर साईँ स्पोर्ट्स क्लब र आकाशे ब्वाइज क्लब रहेका छन् । 

खेल तालिकाः स्रोत आयोजक 

खेलमा प्रथम हुने टिमले नगद ३ लाख ३ हजार शिल्ड,मेडल प्रमान पत्र प्राप्त गर्ने छन् ।  त्यस्तै द्वितीय हुनेले नगद २ लाख २ हजार, तृतीय पुरस्कार नगद १ लाख १ हजार र शिल्ड,मेडल प्रमान पत्र पाउने छन् । 

 

त्यस्तै सान्त्वना हुने टिमले नगद २५ हजार र प्रमान पत्र पाउने आयोजकले जनाएको हो । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));