कांग्रेस लिखु तामाकोशी गाउँपालिकामा विवाद्ः यस्तो कारण देखाउदै खिम्तीका सभापतिसहित ४५ जनाले दिए राजिनामा

| असोज ९, २०७९ आइतबार

सांकेतिक तस्विर ।
A A A
A A A

९ असोज, रामेछाप । नेपाली कांग्रेस लिखु तामाकोशी गाउँपालिकाभित्र विवाद् उत्पन्न भएको छ ।

 

पार्टीबाट निर्वाचित जनप्रतिनिधिले जनताको मागलाई सम्बोधन गर्न नसकेको भन्दै वडा नं ६ खिम्ती पार्टी कार्यसमिति ४५ जनाले राजीनाम दिएका छन् । 

 

आफूहरु सधै पार्टीको हित र पार्टी बनाउनलाई विभिन्न काम गरेको उल्लेख गर्दै जारी गरिएको एक राजिनाम पत्रमा पालिकामा हाल नेपाली कांग्रेसले जितेको छ । वडामा पनि कांग्रेसकै नेतृत्व छ । तर, पछिल्ला केही गतिविधि हेर्दा निर्वाचित जनप्रतिनिधिले पार्टी र जनताको पक्षमा काम गर्न नसक्ने र आफूहरुले चुनावको बेलामा उनीहरुलाई जिताउन गरेको बाच पूरा नहुने भएपछि सो ठाउँमा बसेर पार्टीमा काम गर्न नसक्ने भन्दै राजिनामा बुझाएको उल्लेख छ ।

 

के कारणले गर्दा राजिनामा बुझाउनु परेको भन्ने राजिनाम पत्रमा स्पष्ट तोकिएको छैन । ४५ जनाले हस्ताक्षर गरिएको पत्रमा निर्वाचित पार्टीका प्रतिनिधिले जनता सामू गरेका बोलिलाई पूरा गर्न नसक्ने स्थिति देखिएको भन्दै राजिनामा दिएको उल्लेख छ । 

 

यसैबीच रामेछाप टाइम्सले वडा सभापति जहानसिंह खत्रीलाई किन राजिनाम दिएको भनि प्रश्न गर्दा जिल्ला, क्षेत्र र पालिका कार्यसमितिले आफूहरुले पटक–पटक खबर गर्दा पनि समयमा बैठक डाक्न नसेको, चासो नदिएको लगाएतका कारण रहेको छ भने । उनले कुरा स्पष्ट नगर्दै व्यवस्त छु भन्दै बोल्न चाहेनन् । 


गाउँपालिकाले पार्टी निकट्का मान्छेलाई करारमा नियुक्त नगरेको झोकमा राजिनामा दिएको दाबी ।


स्रोतका अनुसार उनीहरुले राजिनामा दिनुमा गाउँपालिकाले पार्टी निकट् मान्छेलाई करारमा कर्मचारी नियुक्त नगरेको दाबी छ। गाउँपालिकामा केही दिन अगाडि करारमा कर्मचारी काम गरिएको थियो । जसको नियुक्ति गर्दा एक जना पनि पार्टी निकटका नपरेपछि उनीहरु रुष्ट बनेका छन् ।
 

पालिकाले सूचना जारी गरेर ईन्जिनियर, सबईन्जिनियर, प्राविधिक, रोजगार संयोजक लगाएत नियुक्ति प्रक्रिया पुर्याएर नियुक्ति गरेपछि उनीहरु असन्तुष्टि बनेको दाबी गरिएको छ । पार्टी निकटका एक जनापनि नपरेपछि आक्रोशित बनेका उनीहरुले अन्य कारण देखाएर आक्रोश परेको स्रोतले रामेछाप टाइम्सलाइ बतायो । 

राजिनामा पत्र हेर्नुहोस्

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));