भिरपानीमा अपत्यारिलो घटना : छोरीको ज्यान गयो, आमा सिकिस्त, टोलभरीका २४ जनालाई प्रहरीले नियन्त्रणमा लियो

| असोज १०, २०७९ सोमबार

माझीहरुले पितृ पूजा गरेको । तस्बिर फाइल ।
A A A
A A A

१० असोज, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा अपत्यारिलो तरिकाले छोरीको  ज्यान गएको छ । आमा गम्भीर घाइते भएकी छन् । सुन्दा अलि विश्वास नलाग्ने तर, यथार्थमा घटना पालिकाको वडा नं ३ भिरपानीको सित्खामा घटेको हो । 

 

गत भदौ २४ गतेदेखि यसपालि सोह्र श्राद्ध सुरु भएको थियो । सोह्र श्राद्धमा त्यहाँका माझी समुदायमा एउटा परम्परा छ, जुन पितृ पाल्ने । त्यति बेला परिवारमा ज्यान गुमाएकाहरु कसैको शरिरमा चढ्ने र पितृ चढेपछि काम्ने, बक्ने गर्दछन् । 

 

यसैगरी यो पटक पनि त्यस्तै भयो । सोह्र श्राद्ध पनि सकियो तर, छोरी बिबा माझी र आमा सुनमायाँलाई पितृले शरीर छाडेनन् । अर्थात् उनीहरूलाई कम्पन रोकिएन । उनीहरूलाई यसरी बेला बेलामा कम्पन दिई रहने हुँदै आएकोमा आइतबार आमा र छोरी दुवैको शरिरमा पितृ चढेर नरोकिएको प्रत्यक्ष दर्शीको भनाई सुनाउँदै डिएसपी राजकुमार थिङ्ले सुनाए । यसरी शरिरमा चढेका पितृहरूलाई रोक्न झारफुक गर्ने चामल लगाएतले हानाहान् गर्दा अन्दाजी ४८/५० वर्षीय बिबा माझीको ज्यान गएको छ । 

 

जिल्ला प्रहरी कार्यालय रामेछापका (डिएसपी)  थिङ्ले रामेछाप टाइम्सलाई बताएअनुसार उनीहरुबीच पितृ शरिरमा चढेका बेला पितृको आदेश अनुसार यस्तो घटना घटेको रहेछ स्थानीयहरूलाई उद्धृत गर्दै भने ।

 

डिएसपी थिङ्ले भने ‘मलाई पनि सुरुमा पत्यार लागेन तर, सबैले यसै बताए । शरिरमा पितृ चढेपछि पितृबाट आएको आदेश अनुसार जेजे भन्यो उसै गर्छन् रे, हिजो त्यस्तै भएछ । छोरीको ज्यान गएको छ ।’

 

घरमा अन्दाजी ७० वर्ष उमेरकी आमा र ४८/५० की छोरी मात्रै बस्दै आएको जिल्ला प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई बताए । आइतबार छोरीको ज्यान गएपछि स्थानीयहरूको रोहबरमा प्रहरीले उनको शव पोस्टमाटमको लागि मन्थली अस्पतालमा ल्याएको जनाइएको छ । आमाको अवस्था पनि मध्यम रहेको उनी बत्ताउँछन् । ‘बोल्न सक्ने अवस्थामा हुनुहुन्न । उपचार जारी छ ।’ 

 

कतीपएले भने बोक्सिको आरोपमा महिलालाई कुट्पिट गरि हत्या गरेको बताएका छन् । बिबालाई बोक्सि भएको आरोपमा हत्या गरिएको आशंकामा धेरैले घटना संकास्पद् रहेको आंकलन गरेका छन् । 

गाउँ टोलका २४ जना नियन्त्रणमा 

यसैबिच घटना अपत्यारिलो र संकास्पद् रहेको भन्दै जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले सो गाउँ/टोलका प्रत्येक घरबाट एक–एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार १४ जना पुरुष र ४ जना महिला गरी कूल १८ जना नियन्त्रणमा लिएकोमा सोमबार बिहान थप ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको डिएसपी थिङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए ।

भिडिओ हेर्नुहोस् माझी समुदायको पितृ पाल्ने ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));