अरनिको यात्रु वाहक बसमा रामेछापमा आगो लाग्यो

| असोज ११, २०७९ मंगलबार

A A A
A A A

११ असोज, रामेछाप । रामेछापमा काठमाडौँबाट यात्रु लिएर आएको यात्रुवाहक अरनिको बसमा आगो लागेको छ । 

 

ओखलढुङ्गातर्फ जाँदै गरेको प्रदेश नं ३–०१–००६ ख ०६०० नम्बरको बसमा मन्थली नगरपालिका र लिखु तामाकोसी गाउँपालिकाको सिमानामा पर्ने कठजोर खोला पुल नजिकै एक्कासि आगो लागेको नेपाल रेड्क्रशका निवर्तमान मन्त्री जयप्रकाश श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार धेरै हिट भएर आगो लागी भएको प्रारम्भिक अनुमान गरिएको छ।  गाडीमा आगो लागो पनि यात्रु सबै सुरक्षित रहेका छन् ।

 

यात्रुलाई तत्काल उद्दार गरिएको थियो । बसमा लागेको आगो मन्थली नगरपालिका र नेपाल रेड्क्रश सोसाइटी जिल्ला शाखा रामेछापबाट पुगेको दम्कलसहितको टोलीले नियन्त्रणमा लिएको छ । 

 

आगो लागेपछि बसमा सामान्य क्षेती पुगेको छ । यात्रुलाई अर्को बसमार्फत लगिएको छ । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));