कृषि ज्ञान केन्द्र रामेछापले सार्वजनिक गर्‍यो वार्षिक कार्यक्रम, सेवा किसानमुखी बनाउन माग

कृषि ज्ञान केन्द्रको सेवा किसान मैत्री बनाउन माग

| असोज १२, २०७९ बुधबार

A A A
A A A

१२ असोज, कृषि ज्ञान केन्द्र रामेछापले चालु आर्थिक वर्षको कार्यक्रम सार्वजनिक र गत वर्षको गरेका कामको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । 

 

मंगलबार ज्ञान केन्द्रको कार्यालयमा जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, व्यावसायिक किसान, वडा अध्यक्ष र पत्रकारको उपस्थितिमा चालु वर्षको लागि केही नयाँ र केही पुराना कार्यक्रमलाई निरन्तर दिएको कार्यक्रम सार्वजनिक गरेको हो । आठ वटा स्थानीय तह रहेको रामेछाप जिल्लासहित दोलखा जिल्लाका स्थानीय तहसमेत कार्य क्षेत्र रहेको ज्ञान केन्द्र रामेछापले चालु आ.व.मा कूल १६ करोड बजेट भित्र रहेर गर्ने गरी योजना तय गरेको ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङले बताइन् । 

 

उनी भन्छिन् ‘यो बजेट अतिनै कम बजेट हो । एउटा स्थानीय तहलेनै कृषि क्षेत्रको लागि डेढ करोड् बराबर बजेट छुट्ट्याउने तर, ज्ञान केन्द्रलाई माथिबाट यती थोरै बजेट आउँछ । चाहेर पनि काम गर्न समस्या भएको छ ।’

 

१७ वटा नगर तथा पालिकामा कार्य गर्दै आएको सुनाउँदै प्रमुख गुरुङले एक स्थानीय स्थानीय तहले कृषि क्षेत्रमा एक करोड माथिको बजेट छुट्टयाउने गरेको स्मरण गर्दै यो बजेट अतिनै कम भएको तर्क गरिन्छ । कमसेकम एउटा स्थानीय तहमा एक-एक करोड पर्ने पनि छैन उनीले भनिन् । 

 

कूल १६ करोड २ लाख बजेटमा ११ करोड ६४ लाख ५३ हजार प्रादेशिक कृषि, पुँजीगत २७ लाख, चालु ११ करोड ३७ लाख ५३ हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तर्फ ८९ लाख २५ हजार, कृषि विभाग (संघ–सशर्त अनुदान) ३ करोड ४७ लाख १० हजार र कृषि विकास रणनीति अनुसार तथा समन्वय तर्फ २ लाख बजेट विनियोजन गरेको प्रमुख गुरुङले बताइन् । 

बजेट सार्वजनिक गरिएको बजेट र चालु वर्षको बजेट । 

प्रमुख गुरुङले कृषि क्षेत्रमा निरन्तर काम गर्ने किसानलाई राज्यको तर्फबाट राम्रो सेवा, सुविधा प्रदान गरेको दाबी गर्दै अनुदानमा कृषि सामाग्री, विषादी, औषधि, औजार–उपकरण, प्राविधिक, सिप, तालिम लगायतका काम गरिरहेको जानकारी दिइन् । 

 

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जिल्लाका आठ स्थानीय तहमा उत्पादन भएको कृषि उपजलाई आदान प्रदानको रुपमा खपत गर्न सके आयामा कम हुने बताए । उमाकुण्ड र दोरम्बा शैलुङ्मा उत्पादित आलुलाई अन्य स्थानीय तहमा पुर्‍याउने र रामेछापमा उत्पादित, फलफूल, मासु, तरकारीलाई उमाकुण्ड, लिखु तामाकोशी, गोकुलगंगा, खाँडादेवी, मन्थली पुर्‍याउनु पर्छ बाहिरको आयात प्रतिस्थापन आवश्यक पर्दैन । उपभोग पनि हुन्छ । यसले व्यावसायिक र उत्पादनशित बन्न सहयोग पुग्छ नगरप्रमुख न्यौपानेले बताए ।

 

यसरीनै जिल्लामा एक ठाउँको उत्पादन अर्को स्थानीय तहमा पुर्यान पर्नेमा उनले जोड् दिए । साथै आफ्नो नगरपालिका फलफूल, तरकारी, अण्डा, माछामासूमा आत्मनिर्भर भएको बताए । यी उत्पादन अहिले धमाधम बाहिर निर्यात भइरहेको उनको भनाई थियो । 

कार्यक्रममा धारणा राख्दै लबश्री न्यौपाने र उपस्थितहरु । 

त्यस्तै मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले कृषि क्षेत्रमा हुने अनुदान, सहयोग लगाएत हरेक सेवा प्रत्यक्ष अनुगमन गरेर पाउनु पर्नेलाई मात्रै प्रदान गर्ने बचनबद्ध गरिन । उनले हरेक काम व्यवस्थित र नीति, विधिवत् तरिकाले गर्ने जिकिर गर्दै आफूले गरेका कामलाई नजिकबाट नियाल्दिन आग्रह गरिन् । 

 

कार्यक्रममा सहभागी किसानहरूले भने कागज हेरेर मात्रै अनुदान, सहयोग गर्ने प्रचलन बढेकाले पाउनु पर्नेले नपाउने र नपाउनु पर्नेले लिने गरेकोमा गुनासो गरे । उनीहरूले ज्ञान केन्द्रका कर्मचारी, प्राविधिक मन्थलीमा बस्ने अनि गाउँमा किसान बाली-नालिमा लागेको रोग, कीरामा विषादी हाल्नै नजानेर पीडित हुनु पर्ने अवस्था रहेको भन्दै सेवालाई चुस्त बनाउन आग्रह गरे । 

यस्तो छ ज्ञानकेन्द्रको वार्षिक प्रगती ।

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));