भक्तपुरमा आफ्नै सालीलाई बलात्कार गरेर भागेका रामेछापका पुरुष पक्राउ

| असोज १२, २०७९ बुधबार

A A A
A A A

१२ असोज, रामेछाप । आफ्नै १९ वर्षीय सालीलाई जबरजस्ती करणी गरेको आरोपमा रामेछापका एक पुरुष पक्राउ परेका छन् । 

 

पक्राउ पर्नेमा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुँबुँकाँस्थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट तल्लो हाइट बस्दै आएका ३९ वर्षीय जयन्त थापा हुन् । 

 

उनलाई गत मंगलबार भक्तपुर प्रहरीले  पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव निरीक्षक टेकप्रसाद राई जानकारी दिए । 

 

स्रोतका अनुसार थापा आफ्नै सालीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । नाता पर्ने ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घरको कोठामा जबरजस्ती करणी गरी फरार भएका थापालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जाएको छ । 

 

नेपाल कम्युनिस्ट पार्टी एमाले उमाकुण्डका नेता एवं युवा संघका केन्द्रीय सदस्य समेत रहेका थापाका दुई सन्तान रहेका छन् । 

 

घटनाबारे प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ । 

रामेछाप टाइम्स
| बैशाख १२, २०८१ बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));