मन्थली नगरको चड्बाढ लक्षित बजार अनुगमन मासु पसलहरूको ठूलो लापरबाही

| असोज १२, २०७९ बुधबार

A A A
A A A

१२ असोज, रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले चड्बाढ लक्षित बजार अनुगमन सुरु गरेको छ । मुख्य चड्पर्व लक्षित बजार अनुगमन आजदेखि सुरु भएको र जति बेला पनि हुन सक्ने नगरपालिकाको पशु सेवा उपशाखा प्रमुख एवं पशु प्राविधिक मुकुन्द खड्काले रामेछाप टाइम्सलाई बताए । 

 

आज बुधबार मन्थली बजारमा रहेका २७ वटा मासु पसलको अनुगमन गरिएको खड्काले जानकारी दिए । उपप्रमुख ईश्वरी बस्नेतको नेतृत्वमा २७ वटा मासु पसल अनुगमन गर्दा ६ वटा पसल दर्ता बिनै संचालनमा रहेको भेटिएको छ ।

 

यसरी दर्ता बिनै संचालनमा रहेका पसललाई एक हप्ताभित्र दर्ता गर्न अल्टिमेटम दिइएको छ । अर्को पटक पनि अनुगमनमा दर्ता बिनै भेटिए कारबाही गरिने उनले चेतावनी समेत दिइएको उपशाखा प्रमुख खड्काले बताए । 

 

आफ्ना क्षेत्रभित्र एग्रोभेट्, दाना पसल, दूग्धडेरीहरु पर्ने भएकाले यी पसलहरू १४ वटै वडामा जति बेला पनि अनुगमन गरिने जानकारी दिए । साथै बाँकी अन्य पसलमा पनि सफा नगरेको, हतियार स्टिलेसन् नभएको, मूल्य सूची, दर्ता पत्रमाणपत्र देखिने गरी नराखेको लगायतका लापरबाही गर्ने गरेको भेटिएको भन्दै सुधार गर्न आग्रह गरिएको छ । 

 

उपभोक्तालाई गुणस्तरीय मासु बिक्री वितरण गर्ने उद्देश्यले कडाइका साथ बजार अनुगमन थालिएको घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रतिनिधिले बताए । केही दिन यता मन्थली बजारमा तरकारी तथा साग बिक्रेताले मिसावटमा बिक्री गर्ने गरेको उपभोक्ताले गुनासो गर्ने गरेका छन् । इस्कुसको मुन्टाको मुठाभित्र केरेलाको मुन्टा, रायोको सागमा मुलाको सात मिटावट् गरेर बिक्री गर्ने  गरेको उपभोक्ताले रामेछाप टाइम्सलाई बताए । 

 

नगरपालिका, पार्टी प्रतिनिधि, घरेलु तथा साना उद्योग र नेपाल प्रहरीसहित गरिएको अनुगमनमा लापरबाही र उपभोक्ता माथि खेलबाड गर्ने व्यवसायीलाई सुध्रिन निर्देशन दिएको छ । 

 

मरेको खसी बेच्छन् मन्थलीका ब्यवसायी ।

त्यस्तै केही दिन अगाडि मात्रै मन्थलीमै आफै मरेको खसी एक जनाले काटेर बजारमा बिक्री गरेको पाइएको छ । यसरी मरेको खसीको मासु होटलमा खाना खाएका एकले आफू उक्त खसीको मासु खाएकै कारण बिरामी परेको भन्दै आक्रोशित भएर प्रहरी कार्यालयमा पुगेको स्रोतले रामेछाप टाइम्सलाई बतायो । उक्त घट्ना मासु नभेटिएपछि सेलाएको थियो । दुबै पक्षलाई के भएको भन्नेबारे छलफलको लागी डाकेको जिल्ला प्रहरी कार्यालय रामेछापका (डिएसपी) राजकुमार थिङ्ले पुष्टि गरे ।

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));