प्रेस युनियन रामेछापले शुभकामना आदानप्रदान गर्यो, केन्द्रीय सदस्यलाई बधाई

| असोज १३, २०७९ बिहिबार

A A A
A A A

१३ असोज, रामेछाप । नेपाल प्रेस युनियन जिल्ला कार्यसमिति रामेछापले शुभकामना आदानप्रदान तथा केन्द्रीय सदस्यमा निर्वाचित सदस्यलाई बधाई दिएको छ । 

 

बिहिबार जिल्ला सदरमुकाम स्थित युनियनको कार्यालयमा जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित रिता मगर (घिमिरे) लाई सङ्गठनले बधाई दिएको हो । रामेछाप युनियनको इतिहासमा पहिलो पटक केन्द्रीय सदस्य पाएको जिल्ला अध्यक्ष अप्रिल अधिकारीले जानकारी गराए । 

 

बडा दसैँ,शुभदिपालीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी युनियनका केन्द्रीय पार्षद् एवं पत्रकार महासङ्घ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल, सदस्य ज्ञानु श्रेष्ठ, महासङ्घका जिल्ला अध्यक्ष, बद्री नयाँघरे, पूर्व अध्यक्ष हिमाल ढुङ्गेल, टिका प्रसाद भट्ट, फोटो पत्रकार जिल्ला अध्यक्ष दीपक भट्ट, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ लगायत युनियनका पदाधिकारी, सञ्चारकर्मीको उपस्थितिमा सङ्गठन सुदृढीकरण बारेमा  छलफल समेत भएको हो । 

 

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मगरले जिल्लासँग सहकार्यमा केन्द्रमा आवाज पुर्‍याउने प्रतिबद्धता जनाइन् । उनले यहाँबाट पनि सहयोग र सहकार्य आवश्यक पर्ने भन्दै मिलेर काम गर्ने बचन दोहोर्‍याइन् । 

 

त्यस्तै प्रदेश कोषाध्यक्ष ढुङ्गेलले सङ्गठन बलियो बनाउन युनियनले थप सक्रिय बन्नु पर्नेमा जोड् दिए । उनले सङ्गठन बलियो भएन भने आउँदा दिनमा युनियनले नसोचेको परिणाम आउन सक्ने तर्फ ध्यानाकर्षण गरे । ‘चुनावको बेलामा मात्रै सदस्य लगायत बारे छलफल हुन्छ । त्यो परिपार्टीबाट सचेत हुने र सुध्रिने बेला आएको छ उनले भने।’

 

त्यस्तै जिल्ला अध्यक्ष नयाँघरेले महासङ्घ युनियनले गरेका हरेका काममा सहकार्य गर्ने तयार रहेको बताए । महासङ्घमा सदस्यता खुल्ला गर्ने लागेको जानकारी दिँदै हरेक सङ्गठनहरूले नियम र नीति भित्र रहेर सदस्यता थप गर्न अपेक्षा व्यक्त गरे ।

 

त्यस्तै आजकै छलफलले प्रदेश कोषाध्यक्ष ढुङ्गेलकी आमा शान्ताकुमारी ढुङ्गेलको गत भदौ ३१ गते भएको निधनमा शोक व्यक्त गरेको छ । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));