रामेछाप नगरपालिकाको ‘स्वागत गेट’ उद्घाटन

| असोज १४, २०७९ शुक्रबार

A A A
A A A

१४ असोज, रामेछाप । रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको सिमानामा पर्ने सुकाजोर खोला पुलको मुखमा बनेको स्वागतद्वार गेट उद्घाटन गरिएको छ ।  शुक्रवार रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगरले बनाएको गेटको रिबन काटेर उद्घाटन गरेका हुन् ।  

 

उपप्रमुख बालाकुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, वडा नं ८ र ७ का वडा अध्यक्ष क्रमशः सन्तोषकुमार तामाङ् र समिर कार्कीसहित कार्यपालिका सदस्य, पत्रकारहरूको उपस्थितिमा स्वगत गेटको उद्घाटन गरिएको हो ।

 आर्थिक वर्ष २०७७÷७८ को कूल १२ लाख बजेटमा टेन्डर आह्वान गरी साउनमा सम्पन्न गर्ने गरी सम्झौता गरिएकोमा विविध कारणले गर्दा थप ४ महिना समय थप गरिएको निर्माण व्यवसायी सुधिर कार्कीले बताए ।  गेट १० लाख १५ हजारमा निर्माण सम्पन्न भएको हो । 

 

 

गेट उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले ‘यो गेट बनाउँदा सुरुमा अनुत्पादक क्षेत्रमा लगानी गर्‍यो भनेर केही टीका टिप्पणी पनि भए । तर, हामीले यहाँको पहिचान र सुन्दरतालाई ध्यान दिँदै यो काम थलानी गरेका थियौँ । यो ठाउँ जिल्ला सदरमुकामबाट जोडिने प्रमुखद्वार पनि हो, त्यसैले बनायौँ । अब यो नै अन्त्य पनि हो । अब नगरपालिकाले उत्पादनशील क्षेत्रमा मात्रै लगानी गर्छ भने ।’  नगरपालिकाले अब विकास निर्माणको ढोका खोल्ने उनको भनाई छ । 

 

नगर प्रमुख न्यौपाने भन्दा अगाडी बोलेका पत्रकार टिका भट्टले स्थानीय सरकारले नागरिकका जीवनसँग जोडिएका उत्पादनशील क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड् दिएका थिए । उनले अनुत्पादक क्षेत्रमा लगानी गर्ने अहिलेको अवस्था नरहेको भन्दै अगामी दिनमा नगरले जनताको जीविका उठाउने काम गर्न सुझाए । 

 

गेट निर्माणको थालनी नगरका निवर्तमान प्रमुख नरबहादुर थापा मगर र उपप्रमुख सिर्जना खड्काको कार्यकालमै सुरु भएको हो । तत्कालीन समयमा गेट, भ्यूटावार लगाएत अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै आलोचना भएको थियो ।

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));