मालपोत कार्यालयमा मुख्य निर्वाचनको कार्यालय संचालनमा

| असोज १७, २०७९ सोमबार

A A A
A A A

१७ असोज । रामेछापमा मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजकुमार थिङ, सशस्त्र प्रहरी प्रमुख लगाएत अन्य कर्मचारीको उपस्थितमा कार्यालय संचालनमा ल्याइएको हो । 

 

आइतबार जिल्ला सदरमुकाम मन्थली स्थित मालपोत कार्यालयमा आउँदो मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचनको कार्यालय रामेछापका प्रमुख मधुकर शाहले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश इन्दिरा शर्माले कार्यालयको औपचारीक रुपमा उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन् भएसंगै दशैंको अबधिमा समेत कार्यालय खुल्ला हुने छ । 

 

आयोगले १५ गतेदेखि २० गतेभित्र कार्यालय संचालनमा ल्याउन निर्देशन दिएको थियो । गत स्थानीय तहको निर्वाचनमा पनि मालपोतमै कार्यालय संचालनमा ल्याइएको र यो पटक पनि सोही ठाउँमा कार्यालय स्थापना गरिएको हो ।

 

गत स्थानीय तहको निर्वाचनमा ९२ वटा मतदान केन्द्र रहेका थिए । यो पटक थप ४ वटा थपेर ९६ वटा कायम गरिएको छ । साथै निर्वाचन आयोगले आचारसंहिता पनि लागू गरेको छ ।

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));