मन्थलीमा नमूना मतदान : मतपेटीका लुटिएपछि भयो खैलाबैला (भिडिओ/फोटोसहित)

| कात्तिक २२, २०७९ मंगलबार

A A A
A A A

२२ कात्तिक, रामेछाप । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले निर्वाचन लक्षित गतिविधि तीव्र गतिमा अगाडि बढाएका छन् । 

 

जसअनुसार मतदाता शिक्षा, ‘डेमो’ प्रदर्शनी, मतदान स्थलको स्थलगत निरीक्षण, मतपेटिका ढुवानी लगायतका काम तीव्र गतिमा अगाडि बढेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । 

 

 

जसअनुसार सोमबार आज सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको वडा नं १ स्थित जिल्ला समन्वय समितिको प्रागंणमा नमूना मतदान अर्थात् ‘डेमो’ प्रदर्शनी गरिएको छ । 

 

आउँदो मंसिर ४ गते हुन लागेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, फर्जी मत शून्यमा झार्ने उद्देश्यको साथ प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिश इन्दिरा शर्मा, जिल्ला निर्वाचन अधिकारी मधुकर शाह, लगायत चारवटै सुरक्षा निकायका पदाधिकारी, राजनीति दलका प्रमुख तथा पदाधिकारी, पत्रकार, म्यादी प्रहरी, मतदाता, सहितको उपस्थितिमा आयोगले नमूना मतदान सम्पन्न गरेको हो । 

 

तस्बिरमा हेर्नुहोस् नमूना मतदान ।