निर्वाचनमा स्थिर समय भनेको के हो ? स्थिर समयमा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

| कात्तिक २९, २०७९ मंगलबार

A A A
A A A

२९ कात्तिक, रामेछाप । देशैभर एकै चरणमा मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव हुँदैछ । निर्वाचन आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि चुनावी प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।

 

 

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले चुनाव हुनुभन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख भएअनुसार आयोगले दल, उम्मेदवार र कार्यकर्ताहरुलाई पुनः सचेत गराएको हो । 

 

 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान अघिको ४८ घण्टामा चुनावी प्रचारप्रसार सम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));