रामेछापका सबै मतदान स्थलमा उत्साहजनक मतदान , कारागारकाे सम्पन्न

| मंसिर ४, २०७९ आइतबार

A A A
A A A

४ मंसिर, रामेछाप । आज बिहानै देखि देशब्यापी रूपमा मतदान भइरहेको छ । 


प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका् लागि आज एकै चरणमा मतदान भइरहेको छ । जसमा रामेछापमा एक प्रतिनिधि र दुई प्रदेश सभा सदस्यकाे लागि निर्वाचन भैरहेको छ । 


जसमा प्रतिनिधि सभामा २२ जना उम्मेदवार मैदानमा छन् । त्यस्तै प्रदेश सभा क मा ११ र ख मा १२ जना उम्मेदवार रहेका छन् । 

 


९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्रमा मतदान हुदै छ । अधिकांश मतदान स्थलमा बिहान ७ बजेदेखि मतदान भैरहेकाे छ  ।  हालसम्म अधिकांश मत केन्द्रमा २५० माथि मत खसेकाे जनाइएकाे छ ।  

 

यता जिल्ला कारागारकाे भनेे मतदान सम्पन्न भएको छ । जिल्ला कारागार ५७ जना कैदिबन्दीले मतदान गर्न पाउने अनुरुप ५७ मत खसेकाे जिल्ला निर्वाचन प्रमुख मधुकर शाहले रामेछाप टाइम्सलाई जानकारी दिए ।

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));