अझै सुरु हुन सकेन गणना,मुख्य निर्वाचन अधिकृतकाे कार्यालय प्रति सबै आक्राेशित, यस्तो छ कारण ?

| मंसिर ५, २०७९ सोमबार

A A A
A A A

५ मंसिर, रामेछाप । रामेछापमा प्रदेश सभा `क´ तर्फबाट राति ९ : ३० बजेबाट मतगणना सुरु गर्ने भनिए पनि अझै सुरु भएको छैन् ।  यहाँ मतगणना उमाकुण्ड-१ बाट संघ,प्रदेश दुवैको गणना गर्ने सहमति भएकाे छ ।


आज साझ बसेकाे सर्वदलीय बैठकले गरेकाे निर्णय अनुसार ९:३० बजेै गणना सुरु हुनु पर्ने हाे । तर, अझै सुरु भएको छैन् । 

 

मुख्य निर्वाचनकाे कार्यालय रामेछापमा साेमबार बिहान ६ बजेसम्म संकलित मतपेटिकाहरुकाे सुरक्षित ब्यवस्थापन संगै मतगणना सुरु हुन नसकेकाे हाे । 

 

साेमबार साँझ बसेकाे सर्वदलीय बैठकमा दलहरुले मुख्य निर्वाचन कार्यालयले गरेकाे व्यवस्थापन प्रति आक्राेश सहितको प्रश्न उठाएका थिए । मतगणना हुने भवनकै एक काेठामा सामान्य व्यवस्थापन गरी बसेकाे बैठकमा नेपाली कांग्रेसका उपसभापति लेखबहादुर कार्कीले यस्ताे `निम्न´तरिकाले आजसम्मकै पहिलाे हाे । याे व्यवस्थापनले हाम्रो  मानमर्दन के भएको छ । के गरेकाे छ ? याे भन्दा राम्रो ठाउँ जिल्ला समन्वय समितिमा थियाे । अन्य हलहरु थिए । नभएको भए हामी व्यवस्थापन गर्थेयाै भने । 

 

त्यस्तै एकीकृत समाजवादी पार्टी एस रामेछापका अध्यक्ष रमेशकुमार बस्नेतले पनि यस्तो व्यवस्थापनले मतगणना स्थल र यसकाे विस्वास प्रति प्रश्न उठाएको बताए  ।  प्रदेश सभा क बाट एसका उम्मेदवार समेत रहेका बस्नेतले कार्कीकाे कुरालाई समर्थन गर्दै व्यवस्थापन कम्जोर भएकै हाे भने ।

 


त्यस्तै एमालेका जिल्ला अध्यक्ष  आनन्द श्रेष्ठ र सचिव पुरुश्वतम कडरियाले पनि मुख्य निर्वाचन कार्यालयले सर्वदलीय बैठक सर्वमान्य रुपमा गर्ने व्यवस्थापन नगरेकाे बताए  । 


त्यस्तै अन्य पार्टीका उम्मेदवार, प्रतिनिधि, स्वतन्त्र उम्मेदवारहरुले पनि कार्यालयले व्यवस्थापनमा चुकेकाेमा एकमत देखिए ।

 

यता मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले भने सबैको सहजता र मतगणना हुने स्थल यही भएकाले साेही ठाउँमा  बैठक आह्वान गरेकाे बताइन् ।

 

जिल्ला न्यायाधीश समेत रहेकी शर्माले आफूहरुले दलहरुकाे मानमर्दनमा आच पुर्‍याउने उद्देश्यले यसाे नगरेकाे बताउदै गल्ती भएकोमा माफि समेत मागिन्।


बैठकमा राजनीतिक दलहरुले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासनलाई खबर छैन खै, सिडियाे सर भनेर प्रश्न गरेका थिए । बैठक चल्दै गर्दा सिडियाे शाेेभाखर रेेेग्मी आएका थिए ।

 

त्यस्तै बैठकमा जिल्ला निर्वाचन अधिकारी मधुकर शाह उपस्थित थिएनन् । उनी मलाई खबर भएन त्यसैले आइन भन्छन् । मैले यही कार्यालयमा भर्खरै थाहा पाए बैठक सकिएकाे रहेछ । तर, मलाई खबर थिएन भने । 

 


कतिपयले भने मुख्य निर्वाचन अधिकारीले सम्बन्धित निकायसँग समन्वय कम गरेकाे बताउँछन् ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));