रामेछापमा मत गणना सुस्त, परिणाम आउन दुई हप्ता लाग्न सक्ने

| मंसिर ६, २०७९ मंगलबार

A A A
A A A

६ मंसिर, रामेछाप । रामेछापमा मत गणना सुस्त देखिएको छ । 

 

सोमबार बिहान ६ बजे नै मतपेटिका सङ्कलन भएको यहाँ सर्वदलीय बैठक अबेर साँझ ५ ः ३० बजे सुरु भएको थियो । गए राति ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभा र प्रदेश सभा ‘क’ तर्फको मतगणना १८ घण्टा बित्न लाग्दा सम्म भर्खरै तीन वटा वडाको मात्रै गनिएको छ । 

 

 

मुख्य निर्वाचनको कार्यालय भने आयोगले गरेको परिपत्र अनुसार गणना गर्दा केही ढिला भएको बत्ताउँछन् । गणना निरन्तर भइरहेको भन्दै आयोगले प्रत्यक्ष र समानुपातिक तर्फको एकै चोटि गणना गर्नु पर्दा ढिला भएको मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले रामेछाप टाइम्ससंग बताइन् । उनले भनिन् ‘हामीलाई माथिको परिपत्र अनुसार नै गरिरहेका छौँ । सबै, एकै पटक गर्दा ढिला देखिएको भएको हो ।’

 

 

धमाधम गणना भइरहे पनि हालसम्म ३५ सय मात्रै गनिएको छ । ४ बुथमा मत गणना भइरहे पनि निकै ढिलो भइरहेको भन्दै राजनीतिक दल र नागरिकहरू असन्तुष्ट देखिएका छन् । ४ ठाउँमा गणना भइरहेको छ । नीति, नियम अनुसार गणना नसकीकन अर्को ढ्वाङ निकाल्न नमिल्ने हुँदा यस्तो भयो उनले थपिन् । यद्दयपी जनशक्ति कमीको कारणले यस्तो भएको भन्ने स्वीकारन मुख्य निर्वाचनको कार्यालय अस्वीकार गर्छ । 

मतगणना भैरहेको स्थल । 

 

‘हामी प्रतिनिधि अझै थप गर्न तयार छौँ । तर, ठाउँ थप गर्न असम्भव देखिन्छ ।’ ६४ वटा वडा रहेको रामेछापमा अहिलेकै स्थितिमा गणना भए दुई हप्ता लाग्ने स्थिति देखिन्छ ।  निर्वाचन क्षेत्र १ को प्रदेश सभा ‘क’ बाट सुरु गरिएको गणनामा उमाकुण्ड गाउँपालिका वडा नं ४ को गणना केही बेर अगाडि सुरु भएको छ । 

 

 

जिल्लामा नेपाली काँग्रेस र एमालेका उम्मेद्वारबीच चर्को प्रतिस्पर्धा देखिएको छ । हाल प्रतिनिधिसभामा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले अग्रता लिइरहेका छन् । उनलाई एमालेका कैलाश ढुङ्गेलले पछ्याइ रहेका छन् । 

 

 

त्यस्तै प्रदेशमा एमालेका शान्तिप्रसाद पौडेलले माओवादीका तारानारायण श्रेष्ठ ‘बिगुल’ लाई पछ्याइ रहेका छन् । नेपाली काँग्रेस, एमाले र माओवादीबिच यहाँ चर्को प्रतिस्पर्धा देखिन्छ । 

 

 

 

कूल ४९.३८ प्रतिशत मत खसेको यहाँ कूल ८८ हजार ९३३ जनाले मतदान गरेका छन् । यहाँ १ लाख ८० हजार १०६ जना रहेका थिए ।

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));