उमाकुण्डमा कान्छारामलाई ३७६७, कैलाशलाई २५४९ मत, रस्नालुको गणना जारी, उमाकुण्डमा कुन पार्टीलाई कति मत (सूची)
७ मंसिर, रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिकाको मत गणना सकिएको छ । गएराति अबेर सम्म गन्दा प्रदेश सभा ‘क’ तर्फको उमाकुण्डको गणना सकिएर अहिले गोकुलगंगा गाउँपालिका ३ रस्नालुको गणना भइरहेको छ ।
१ चुचुरे र २ ठोसेको गणना सकिएको छ । उमाकुण्डमा खसेको कूल ७ हजार ५ सय ६७ मत गन्न करिब २८ घण्टा लागेको छ । यहाँको गणना कछुवाको गतिमा भइरहेको छ ।
एउटा गाउँपालिकाको गणना सकिँदा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेस र प्रदेशमा माओवादीका उम्मेदवार अगाडि छन् । सुरुवाती देखि अग्रता लिइरहेका उनीहरूले निरन्तर अग्रता बनाएका छन् । प्रतिनिधि सभा तर्फ मत अन्तर पनि फराकिलो बनाउँदै लगेका छन् ।
जसमा उमाकुण्डमा काँग्रेसले प्रतिनिधि सभामा ३७ सय ६७ मत पाएको छ । त्यस्तै एमालेले २५ सय ४९ मत पाएको छ ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवार काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) ले गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेको मतगणना सकिँदा एमालेका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेल भन्दा १ हजार ५०४ मतले अग्रता बनाएका छन् ।
त्यस्तै राप्रपाले उमाकुण्डमा ४३८ मत पाएर तेस्रो बनेको छ । कलमले १८, महिला पुरुष ११, घण्टीले ९० मत पाएको छ ।
कसले कति मत पाए हेर्नुहोस् ।