कैलाश ढुङ्गेल भन्दा ‘कान्छाराम’ १७५५ मतले अगाडि

| मंसिर ७, २०७९ बुधबार

A A A
A A A

७ मंसिर, रामेछाप । प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले मत अग्रता फराकिलो पारेका छन्।  उनी मत गणना सुरु भएदेखि उनी निरन्तर अगाडि छन् । 

 

 

हाल उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको दुई वडा (१ र २) को गणना सकिँदा १७ सय ५५ मतले अग्रता लिएका छन् । 

 

 

तामाङले ५ हजार ८८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाश ढुङ्गेलले ३ हजार ३ सय ३३ मत पाएका छन् । 

 

 

त्यस्तै राप्रपाका उम्मेदवारले ४ सय ६७ मत ल्याएर तेस्रो हुँदै पछ्याइ रहेका छन् । अहिले गोकुलगंगाको वडा नं ३ रस्नालुको मत गणना जारी छ ।

 

 

गोकुलगंगा गाउँपालिका कान्छारामको गृह पालिका समेत हो ।  

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));