एकीकृत समाजवादी रामेछापका अध्यक्ष बस्नेतले दिए राजिनामा

| मंसिर ८, २०७९ बिहिबार

फाइल फाेटाे
A A A
A A A

८ मंसिर, रामेछाप । केन्द्रकाे गठबन्धनलाई लत्याउदै छुट्टै उम्मेदवारी दर्ता गरेर प्रदेश सभामा चुनाव लडेका एकीकृत समाजवादी पार्टी एस रामेछापका अध्यक्ष रमेशकुमार बस्नेतले राजिनामा दिएका छन् । 

 

बुधबार राति प्रदेश सभाकाे मत गणना जारी रहदै बस्नेतले एस पार्टी जनताकाे राेजाईमा पर्न नसकेको ठहर गर्दै जिल्ला अध्यक्ष बस्नेतले पदबाट राजिनामा सामाजिक संजाल मार्फत दिएका हुन् ।  उनले अब एक स्वतन्त्र नागरिक बनेर बस्ने भनेका छन् । 

 

प्रदेश सभा `क´ मा स्वतन्त्र उम्मेदवार सहित ११ जना प्रदेश सभा सदस्यकाे लागि प्रतिस्पर्धामा हुँदा बस्नेतले ३ स्थानीय तहकाे मत गणना सकिन लाग्दा समेत १ हजार मत कटाउन सकेका छैनन् । यद्यपि उनकाे गृह पालिकाकाे मत गणना हुन बाँकि छ । 


उनी निवर्तमान मन्थली नगरपालिकाका प्रमुख समेत हुन् । तत्कालीन एमालेबाट नगरप्रमुखमा निर्वाचित बस्नेत पार्टी फुट्दा बिद्रोह गर्दै एस पार्टीको जिम्मेवारी लिएका थिए  ।