कैलाश ढुङ्गेल भन्दा ‘कान्छाराम’ प्रदेश सभा ‘क’ मा ८ हजार २५६ मतले अगाडि, कुन पार्टीले कति मत पाए (मतपरिणामसहित)

| मंसिर ९, २०७९ शुक्रबार

फाइल फोटो
A A A
A A A

९ मंसिर, रामेछाप । प्रतिनिधिसभा सदस्य तर्फ रामेछापमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ्ले मतान्तर करिब ८ हजार कटाएका छन् । 

 


रामेछाप नगरपालिकाको वडा नं ९ सम्मको गणनामा तामाङ्ले ८ हजार २ सय ५६ मतले अग्रता बनाएका हुन् । ‘कान्छाराम’ले हालसम्म २२ हजार १ सय ३९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाश ढुङ्गेलले १३ हजार ८ सय ८४ मत पाएका छन् । 

 

सुरुवाती देखि निरन्तर अग्रता लिएका तामाङले प्रदेश सभा ‘क’ तर्फ उल्लेखनिए मत पाएका हुन् । त्यस्तै राप्रपाले हालसम्म ९७१ मत पाएको छ । उसले हजार मत कटाउन सकेको छैन् ।

 

त्यस्तै घण्टीले ६७४ मत पाउँदा गोरुगाडाको चक्काले १५० मत पाएको छ ।

 

त्यस्तै करुवाले १७३, खुकुराको भालेले २१९, हंसिया ताराले ४११, मलमले २०८ मत पाएको छ । अब प्रदेश सभा ‘ख’ को गणना सुरु हुन लागेको छ। क को सम्पन्न हुँदा कान्छाराम भारी मतले अग्रता बनाएका हुन् । 

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत रामेछापमा प्रदेशसभा सदस्यका लागि ८७ हजार ४९७ मत खसेको छ । जस अन्तर्गत प्रदेश ‘क’ मा ३६ हजार ७६९ र प्रदेश सभा ‘ख’ मा ५० हजार ७२८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 

कुन पार्टीले कति मत पाए हेर्नुहोस् 


 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));