प्रदेश सभा सदस्यमा जितेपछि ‘बिगुल’ले भने सबैको भावनालाई समेट्ने गरी काम गर्छु’

| मंसिर ९, २०७९ शुक्रबार

A A A
A A A

९ मंसिर, रामेछाप । नवनिर्वाचित बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले सबैको भावनालाई समेट्ने गरी काम गर्ने बताएका छन् । उनले भने ‘अहिले भर्खरै जितेको छु । केही साथीहरू जित्ने तयारीमा छन् । अब सबैसँगको समन्वय र सहकार्यमा काम गर्नेछु । जिल्लाको सबै भूगोल, आवश्यकतालाई ध्यानमा राख्नेछु ।’

 

माओवादी केन्द्र रामेछापका सचिव समेत रहेका ‘बिगुल’ले प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि सदरमुकाम मन्थलीमा नेपाली काँग्रेस र माओवादी केन्द्र रामेछापको संयुक्त विजयी र्‍यालीमा संक्षिप्त भनाई राख्दै यहाँको विकासलाई प्राथमिकता दिने बताए । 

 

 

अब पार्टी, गठबन्धनको टिम, अबुवाहरुसंगै छलफल गरेर कामलाई अगाडि बढाउन चाहेको उनको भनाई छ ।  

 

 

श्रेष्ठले एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेललाई १९ सय ९१ मतको अन्तरसहित हराएका हुन् । उनले १७ हजार १४८ मत पाएका छन् । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));