मत गणना सकियोः पूर्व मन्त्री कैलाश ढुङगेललाई १६ हजारको भारी मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा ‘कान्छाराम’ विजयी (मतपरिणामसहित)

११ मंसिर, रामेछाप । प्रतिनिधि सभा सदस्यमा रामेछापबाट नेपाली काँग्रेसका उम्मेद्वार पूर्णबहादुर तामाङ कान्छाराम भारी मतले विजयी भएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री कैलाश प्रसाद ढुङ्गेललाई हराउँदै सामाजवेसी छवि बनाएका तामाङले चुनाव जितेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यतर्फ तामाङ्ले ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतले पराजित गरेका हुन् । प्रतिनिधि सभातर्फको मत गणना सकिदाँ कान्छारामले ४७ हजार ९८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कैलाश प्रसाद ढुङ्गेलले ३० हजार ७ सय २९ मत पाएका हुन् ।
यद्दयपी यो विवरण मुख्य निर्वाचनको कार्यालयले आधिकारीक घोषणा केही बेरमा गर्दैछ ।
त्यस्तै (राप्रपा) का लालबहादुर घिसिङले १४६८ मत पाएका छन् । भने ४ हजार ६ सय बढी मत बदर भएको छ ।
प्रदेश सभा ‘क’ को गोकुलगंगा घर भएका नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका तामाङ एक सफल निर्माण व्यवसायी मानिन्छन् ।
साथै विभिन्न सामाजिक संघ संघठनमा लागेर जिल्लाका नागरिकहरूको सेवामा समर्पित थिए ।
- यो पनि पढ्नुहोस्
पहिलो चरणको मतगणना सकियोः लवश्री र कान्छारामबीच आज प्रतिस्पर्धा, महत बाहिरिए,
कान्छाराम तामाङ् बने सर्वसहमितिबाट कांग्रेस रामेछापको पार्टी सभापति
सुरुवात देखि अग्रता लिएका तामाङले ७ हजार बढीको अग्रता निरन्तर बनाएका थिए ।
उनले केही वर्ष अगाडि जिल्लाका विभिन्न पालिका तथा वडाहरूमा १४ वटा एम्बुलेन्स, शव वाहन आफ्नै खर्चमा दिएका थिए ।
त्यस्तै उनले जिल्लाका दुर्गम बस्तीहरूमा दुख,पीडामा परेका, बिरामी परेर उपचार नपाएका नागरिकहरूको हेलिकप्टरबाट उद्धार गरी उपचार गराएका छन् ।
१४ औँ महाधिवेशनबाट नेपाली काँग्रेसको जिल्ला पार्टी सभापतिमा बहुमतले विजयी तामाङले पार्टी शुद्धीकरण, सङ्गठनलाई बलियो बनाउँदै लगेका छन् ।