जितेपछि ‘कान्छाराम’ले भने ‘गठबन्धन टुट्नु हुँदैन, प्रदेशको मन्त्री वा मुख्य मन्त्री बनाउने बाचा भयो’

| मंसिर ११, २०७९ आइतबार

A A A
A A A

११ मंसिर, रामेछाप । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं गठबन्धनका साझा उम्मेद्वार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले अहिलेको गठबन्धन कायम रहनु पर्ने बताएका छन् । उनले भने ‘मैले भगवानसँग यही मागेको छु । यो गठबन्धनकै सरकार हुनु पर्छ । अहिलेको गठबन्धन टुट्नु हुँदैन । चाहै माथिका नेताहरू कतै लाग्लान् तर, जिल्लामा हामी यहाँको विकासको लागि एकै ठाउँमा उभिनु पर्छ । एक भएर यस जिल्लाको मुहार फेर्नुपर्छ ।’

आज आइतबार सदरमुकाम मन्थलीमा निर्वाचन अधिकृतको कार्यालयले गठबन्धनका उम्मेद्वार प्रतिनिधिसभा र प्रदेशसभामा विजयी भएको घोषणा गरेपछि भएको संयुक्त विजयी सभामा बोल्दै नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति समेत रहेका तामाङले यस्तो बताएका हुन् ।

 

जिल्लाका मतदाताले आफूहरूलाई विश्वास गरेर मत दिएकोमा धन्यवाद दिँदै सो, मतको कदर गर्ने गरी काम गर्ने विश्वास व्यक्त गरे । 

 

प्रतिनिधि सभा सदस्य तामाङले गठबन्धनबाट प्रदेशमा निर्वाचित माओवादी केन्द्रका तारानारायण श्रेष्ठ र युवराज चौलागाई मध्य एक जनालाई कुनै हालतमा मन्त्री बनाउनको लागि नेतृत्वलाई दबाब दिने बाचा गरे । उनले भने ‘म एक जनालाई मन्त्री, मुख्य मन्त्री के हुन्छ बनाउन सक्दो प्रयास गर्नेछु । बनाउने छु यो मेरो बचन भयो भने । 

 

उनले राजनीतिक विचारधारामा फरक फरक पार्टीको भए पनि यहाँको जनतामाझ गरेका बाच पूरा गर्न एक ठाउँमा उभिन प्रदेशसभा सदस्यहरूलाई आग्रह गरे । 

 

 

उनले मतदाता कार्यकर्ता, गठबन्धनका टिम, पार्टी पदाधिकारी, पत्रकार, सञ्चारकर्मी लगायत सबैलाई निर्वाचनको क्रममा कुनै  नराम्रो भनेको भए माफ गरी दिनु होला भनेर हात जोडे । 

 

 

कार्यक्रममा नेपाली काँग्रेस, माओवादीका कार्यकर्ता सहित गुम्देलदेखि गौश्वारसम्मका मतदाता, मन्थली बजारका व्यापारीसहित करिब २ हजार बढीको सहभागिता थियो । 

 

भिडिओमा हेर्नुहोस्  । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));