गठबन्धनले ‘किल्न स्विप’ गरेको रामेछापमा समानुपातिकमा एमाले पहिलो

११ मंसिर, रामेछाप । एक प्रतिनिधिसभा र दुई प्रदेश सभा सदस्यको लागि भएको निर्वाचनमा गठबन्धनको टिमले ‘किल्न स्विप’ गर्दा समानुपातिक मत परिणाममा भने एमाले बलियो देखिएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णबहादुर तामाङ 'कान्छाराम' प्रतिनिधिसभा, नेकपा माओवादीका तारानारायण श्रेष्ठ र युवराज चौलागाई प्रदेशमा विजयी हुँदा प्रदेश र प्रतिनिधिसभा दुवै तर्फ समानुपातिकमा भने एमालेले धेरै मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।
मुख्य निर्वाचनको कार्यालय मन्थली, रामेछाप । तस्बिर मिलन घिमिरे ।
जसअनुसार प्रतिनिधिसभा तर्फ एमालेले २८ हजार १५० पाएको छ । दोस्रोमा नेपाली काँग्रेसले २४ हजार १०१ मत पाउँदा नेकपा (माओवादी केन्द्र) ले २१ हजार ५४ मत पाएको छ ।
त्यस्तै चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ६२३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ७०१, नेकपा (एकीकृत समाजवादी) ले १ हजार ३४८ मत पाएको हो ।
त्यस्तै प्रदेश सभाको समानुपातिकतर्फ पनि नेकपा (एमाले) लेनै बढी मत पाएको छ। जसमा २८ हजार ५०४, नेपाली काँग्रेस २५ हजार ७०५ र माओवादी केन्द्रले १८ हजार ६८५ मत पाएको हो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ हजार ६८६, नेकपा (एकीकृत समाजवादी) ले २ हजार ५३ मत पाएको कार्यालयले जनाएको हो ।
प्रतिनिधिसभा तर्फ ८९ हजार ४७९ खसेकोमा ४ हजार ६५७ मत बदर भएको थियो । प्रदेशसभा तर्फ कूल ८८ हजार ६२७ मत खसेकोमा ५ हजार ७५० मत बदर भएको कार्यालयले जनाएको हो ।
एमालेका प्रदेश र प्रतिनिधिसभा सदस्यका क्रमशः उम्मेदवार कैलाश प्रसाद ढुङ्गेल, शान्तिप्रसाद पौडेल र मिलन घिसिङ फराकिलो मतान्तरले पराजित भएका हुन् ।
मत परिणाम हेर्नुहोस्