चौलागाईले थाले काम : पुष्पलाल मध्य पहाडी लोक मार्गको काम २ वर्षभित्र कालोपत्रे सहित सम्पन्न गर्न निर्देशन

| मंसिर १३, २०७९ मंगलबार

A A A
A A A

१३ मंसिर, रामेछाप । नवनिर्वाचित बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईले जिल्लाका समस्या समाधानमा लागेका छन् । 

 

हिजो सोमबार मात्रै विजयी भएको प्रमाणपत्र बुझेका चौलागाईले आज मङ्गलवार पुष्पलाल मध्य पहाडी लोक मार्ग अन्तर्गत रामेछाप खण्डको काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गराउन आयोजना कार्यालय पुगेर जानकारी लिएका छन् । 

 

 

सडक निर्माण कार्य सुस्त भएको, गुणस्तहिन भएको भन्दै नागरिक स्तरबाट गुनासो रहेको उक्त आयोजनाको कार्यालयमा पुगेर आज आयोजना प्रमुख दीपेन्द्र पाण्डेय लगायतसँग महत्त्वपूर्ण छलफल भएको सांसद चौलागाईले जनाकारी दिएका छन् । 

 

 

उनले छलफलबारे जानकारी दिँदै २०८१ सम्ममा सो सडक कालोपत्रे गरिसक्नु पर्ने, रामेछाप तर्फ बन्ने केही पुलहरु समयमै निर्माण गरिनु पर्ने र ग्रेडिङ लगायतको काम सम्पन्न गर्न ध्यानाकर्षण गराएको छु उनले भनेका छन् । उनले आउँदो २ वर्षभित्र कालो पत्रे सक्न निर्देशन दिएका हुन् । 

 

 

साथै, यसै वर्ष आयोजनाको कार्यालय रामेछापको सित्खा बजारमा सार्न आवश्यक सहयोग र पहल गर्ने बचन पनि दिएको छु प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद चौलागाईले बताएका हुन् । 

 

उनी माओवादी केन्द्रमा गठबन्धनको साझा उम्मेदवार बनेर निर्वाचित भएका हुन् । 

 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));