रामेछापमा राष्ट्रिय परिचय पत्र बनाउने अभियान वडा वडामा सुरु

| मंसिर १५, २०७९ बिहिबार

A A A
A A A

१५ मंसिर, रामेछाप । रामेछापमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान बुधवारदेखि सुरु भएको छ ।  ६४ वटै वडामा पुग्ने यो अभियान सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाका १४ वटै वडाबाट एकै साथ सुरु भएको हो । 

 

 

परिचयपत्र बनाउन केन्द्रबाट खटिएर आएका कर्मचारीको टोलीले वडा–वडामा पुगेर अभियान एकै साथ सुरु गरेका हुन् । नगरका वडा कार्यालयमा पुगेर नागरिकको विवरण भर्ने, फोटो खिचाउने,  लगायतका काम बुधवार हिजोबाट सुरु भएको हो । 

यसअघि जिल्ला प्रशासन कार्यालय रामेछापबाट मात्रै परिचयपत्र वितरण गरिन्थ्यो । तर, नागरिकहरूले यहाँबाट वितरण गर्दा समस्या हुने गरेको, भिड्भाड् भएको गुनासो धेरैको भएपछि अभियान नै थालेर काम अघि बढेको हो । 

 

हालसम्म २१ हजार ५ सय जनाले प्रशासन मार्फत परिचयपत्रका लागि फोटो खिचाउने र व्यक्तिगत विवरण फाराम भरेको प्रशासनले बताए । 

 

विवरण भरेका सबै नागरिकको परिचयपत्र भने आएको छैन । तर, मोबाइलमा आउने १० अङ्कको कोड नम्बरले हरेक काम गर्न सकिने जनाइएको छ । 

 

 

‘अहिलेसम्म जिल्लामा आएको छैन । यो समय लाग्छ । तर, यसले तपाईँको अन्य काम रोकिँदैन । कोड नम्बर भएपछि सबै काम गर्न सकिन्छ प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले भने ।’

 

जिल्लाको आठ वटा पालिकाका ६४ वडामा झन्डै तीन महिनामा लगाएर यो विवरण भरिसक्ने प्रशासन कार्यालय रामेछापको लक्ष्य छ । वडा वडामा अभियान सुरु भएसँगै नागरिकहरूको भीड लागेको छ । 

 

यो पनि पढ्नुहोस् 
राष्ट्रिय परिचय  पत्र : रामेछापमा ४ हजार बढीको नाम दर्ता
रामेछापमा १४ महिनामा ७ हजार बढीले राष्ट्रिय परिचयपत्र बनाए
रामेछापमा राष्ट्रिय परिचयपत्र नामावली संकलन ३ महिने अभियान सुरु, अब वडामै परिचय पत्र बन्ने

यसअगाडि जिल्ला प्रशासन कार्यालय रामेछाप र राष्ट्रिय परिचय पत्रका केन्द्रीय टिमलेनै यहाँका सबै पालिकाका जनप्रतिनिधिलाई, वडा अध्यक्ष, सचिव लगायत सरोकारवालासँग छलफल गरेर राष्ट्रिय परिचयपत्र बनाउन आएका टोलीलाई सहयोग र सहकार्य गरिदिन आग्रह गरेको थियो । 

 

 

यो अभियानमा जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या झन्डै दुई लाख पुग्न सक्ने अनुमान गरिएको छ । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));