तीन स्थानीय तहका १७० बढी बालबालिकालाई शैक्षिक सामाग्री प्रदान

| मंसिर १५, २०७९ बिहिबार

A A A
A A A

१५ मंसिर, रामेछाप । रामेछापमा मानवताको साथी स्वीजरल्याण्ड–नेपाल नामक संस्थाले ३ स्थानीय तहका विद्यालयका विद्यार्थीलाई विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । ३ स्थानीय तहका १७० बढी बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको हो । 

 

 

गत मंसिर ६ र ७ गतेदेखि यता बुधवार सम्म जिल्लाको मन्थली र रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिकाका आधारभूत विद्यालयका १७१ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू, स्टेस्नरीका सामाग्री प्रदान गरेको संस्थाका स्वीजरल्याड् नेपाल प्रतिनिधि मुकुन्द ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

उनका अनुसार सम आधारभूत आ.वि डुम्री खर्क रामेछाप नगरपालिका वडा नं ८, सोही वडाको बाल कल्याण आ.वि‍का विद्यार्थीलाई बुधवार स्कूल ड्रेस, कलम, कपी, जुता, झोला, पेन्सिल जस्ता सामाग्री प्रदान गरिएको हो । 

 

 

त्यस्तै मन्थली नगरपालिकाको देवी स्थान जामुना बोट आ.वी‍.का शिशु कक्षा र कक्षा १ का बालबालिकालाई उक्त सामाग्री प्रदान गरिएको हो । कालीदेवी आ.वि. पात्ले खाँडादेवीका विद्यार्थीलाई पनि सामाग्री प्रदान गरिएको छ । 

 

 

अन्नपूर्ण सामुदायिक समाज संस्था डुम्री खर्कको समन्वय र सहकार्यमा उक्त कार्य गरिएको कुमार खत्रीले बताए । 

रामेछाप टाइम्स
| बैशाख ३, २०८१ सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));