३ कडोर ७ लाख बढी लागतमा बनेको ‘प्रहरी प्रमुख’ र ‘सिनियर प्रहरी अधिकृत’को आवास भवन उद्घाटन

| मंसिर २६, २०७९ सोमबार

A A A
A A A

२६ मंसिर, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका ‘प्रहरी प्रमुख’ र ‘सिनियर प्रहरी अधिकृत’हरुको आवास भवन उद्घाटन भएको गरिएको छ । 

 

सदरमुकाम मन्थली स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा आर्थिक वर्ष २०७७÷०७८ मा तीन करोड सात लाख ५४ हजार ८२० रुपैयाँ लागतमा बनेका दुई छुट्टा-छुट्टै अत्याधुनिक सुविधा सम्पन्न भवनको सोमबार आज बागमती प्रदेश प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उद्घाटन गरेकी हुन् ।  

 

 

०७८ असार ३ गते सम्झौता भएको मितिले १६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी थापा निर्माण सेवाले ठेक्का लिएर बनाएको उद्घाटन कार्यक्रममा जानकारी दिइएको हो । यसअगाडि प्रहरी प्रमुखको निवास भवन नहुँदा समस्या झेल्दै आएको यहाँ अब सो समस्या अन्त्य भएको छ । 

 

 

कार्यालय प्रमुखको २ तले भवनमा ६ वटा कोठा रहेका छन् । सिनियर अफिसरको ३ तले भवनमा महिलाको एक सहित ११ कोठा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) राजकुमार थिङ्ले बताए । 

 

यस्तो छ आवस भवन हेर्नुहोस् । तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स

रामेछाप टाइम्स
| मंसिर २९, २०७९ बिहिबार
रामेछाप टाइम्स
| मंसिर ९, २०७९ शुक्रबार