मतदातालाई धन्यवाद दिन सांसद ‘कान्छाराम’ र ‘बिगुल’ गाउँ–गाउँमा (फोटो फिचर)

| मंसिर २७, २०७९ मंगलबार

A A A
A A A

२७ मंसिर, रामेछाप । रामेछापमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित गठबन्धनका उम्मेद्वार मतदातालाई धन्यवाद दिन गाउँ–गाउँ पुग्न थालेका छन् । 


नेपाली काँग्रेस जिल्ला पार्टी सभापति समेत रहेका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) र माओवादी केन्द्र रामेछापका सचिव समेत रहेका प्रदेश सांसद तारानारायण श्रेष्ठ (बिगुल) प्रतिद्वन्द्वी एमालेका उम्मेद्वारहरुलाई हराउँदै विजयी भएपछि  मतदातालाई धन्यवाद दिन प्रदेश सभा ‘क’ तर्फबाट सुरु गरेका हुन् ।

 

उनीहरू केही दिन यता रामेछाप नगरपालिका र मन्थली नगरपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदातालाई धन्यवाद दिएका छन् । 

 

सांसदद्वय सोमबार रामेछाप नगरपालिका –१ गोठपानीको श्री चण्डेश्वरी मा.वि‍., २ देउराली र मन्थली नगरपालिका वडा नं –४ को सेतीदेवी  मा.वि‍. पुगेर मतदातालाई धन्यवाद दिएका थिए ।

 

त्यस्तै बुधबार आज रामेछाप नगरपालिकाको वड़ा न ४ बोलङबोलङ,  मनकामना मंदिर दर्शन  भेटघाट, निर्माणाधीन महा रुद्रेश्वर मा. वि. अनुगमन, सोही नगरको ५ माझगाउँ, साईटार, चारघरे, सिमल भज्याङ, दाईजोर, रामपुर भज्याङ,वडा नं ६ को च्यास्कुभज्याङ, भालुखोप, गाईटार लगाएतका ठाउँमा पुगेर मतदातालाई धन्यवाद दिएको श्रेष्ठले जानकारी दिए । 
नेपाली कांग्रेसका क्षेत्रिय सभापति राजेशकुमार श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

गठबन्धन गरेर चुनाव लडेका उनीहरूले रामेछाप नगरपालिकाबाटै चुनावी अभियान सुरु गरेका थिए । निर्वाचन जितेपछि मन्थलीमा आयोजित विजयी र्‍यालीलाई सम्बोधन गर्दै सांसद तामाङले चुनावमा जिताउने मतदातालाई धन्यवाद दिन ६४ वटै वडामा पुग्ने बताएका थिए । ‘हामी ६४ वटै वडामा पुग्छौं । तर, एकै पटकमा हैन, समय मिलाएर श्रेष्टले भने। ’ 



तस्बिरहरु हेर्नुहोस् 

तस्बिर नेपाली कांग्रेस रामेछाप फेस्बुकबाट साभार ।