अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस : मन्थलीमा दीप प्रज्वलन (फोटो फिचर)

| पुस ३, २०७९ आइतबार

A A A
A A A

३ पुस, रामेछाप । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा रामेछापको मन्थलीमा दीप प्रज्वलन गरिएको छ । वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत मन्थली नगरपालिकाको आयोजनामा आइतबार साँझ मन्थली देवकोटा चोकमा दीप प्रज्वलन गरिएको हो । 

 

आज डिसेम्बर १८ देखि विश्वव्यापी रूपमा आप्रवासी श्रमिक दिवस मनाइदैछ । नेपालमा यो पटक सप्ताहव्यापी कार्यक्रम गरी दिवस मनाइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

 

‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान ः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित यस वर्षको दिवस साताव्यापी रूपमा मनाइँदै छ । 

 

प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकी, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे सहित स्थानीय विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले दीप जलाएर शुभकामना आदान प्रदान गरेका छन् ।

 

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले वैदेशिक रोजगारी नै युवाहरूको केन्द्रित बनेकाले यो परिस्थिति परिवर्तन आउनु पर्नेमा जोड् दिएका छन् । उनले रोजगारीमा विश्व भरी पुगेका नेपालीहरूमा शुभकामना दिँदै उनीहरूले दुःख गरेर पठाएको रकमको उचित सदुपयोग गर्न सक्नु पर्नेमा जोड् दिए ।

 

उनले नेपालमा रोजगारीका क्षेत्र विकास गर्नु पर्ने र युवाहरूलाई उत्पादनशील क्षेत्रमा लगाउनु पर्नेमा जिकिर गरे । नेपालको कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत २५ प्रतिशत रहेको छ । 

 

 

आर्थिक वर्ष २०६५र६६ देखि २०७८÷७९ सम्म ५० लाख ८ सय ३३ जना वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

 

तस्बिर हेर्नुहोस् । तस्बिर मिलन घिमिरे/रामेछाप टाइम्स ।