डिएसपी पराजुली हाजिर भए, ३२ वटै मातहतका निकायलाई यस्तो निर्देशन

१३ पुस, रामेछाप । रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) हाेम पराजुली हाजिर भएका छन् ।
बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापमा डिएसपी पराजुली हाजिर भएको सूचना अधिकारी राजुप्रसाद ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए । `आउनु भयाे, ३२ वटै मातहतका इकाईहरुलाई बाेलाएर निर्देशन दिनुभयो । पहिलाे चरणको । शान्ति र सुरक्षा सहित आवश्यक निर्देशन गर्नु भयाे ।´
यसअगाडिका डिएसपी राजकुमार थिङ सरुवा भएपछि पराजुली जिल्ला प्रहरी प्रमुखको रुपमा आएका हुन् ।